Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

वीरगंजमा ‘अन्तर्राष्ट्रिय मानव संसाधन दिवस २०२६’ मनाइयो

spot_img
spot_img

वीरगंज । मानव संसाधन समाज नेपाल मधेश च्याप्टरले वीरगंजमा ‘अन्तर्राष्ट्रिय मानव संसाधन दिवस २०२६’ भव्य रूपमा मनाएको छ ।

यस अवसरमा वीरगंज उद्योग वाणिज्य संघ (बीआईसीसीआई) सँगको सहकार्यमा “परिवर्तनको नेतृत्व गर्न मानिसलाई सशक्त बनाऔँ” भन्ने नारासहित ज्ञान आदान–प्रदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नेतृत्व विकास, कर्मचारी सशक्तीकरण तथा मानव संसाधनको रणनीतिक भूमिकासम्बन्धी प्रस्तुति तथा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रमको उद्घाटन वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले गरेका थिए । कार्यक्रममा डाबर नेपालका फ्याक्ट्री प्रमुख (मानव संसाधन) आशुतोष यादवले प्रमुख वक्ताका रूपमा विशेष प्रस्तुति दिएका थिए ।

मानव संसाधन समाज नेपालका बोर्ड सदस्य एवं मधेश प्रदेश अध्यक्ष अनिल जयसवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न कम्पनीका मानव संसाधन क्षेत्रमा कार्यरत ३५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले मानव संसाधन व्यवस्थापनलाई संस्थागत विकासको महत्वपूर्ण आधारका रूपमा जोड दिँदै यस्ता ज्ञान आदान–प्रदान कार्यक्रमले नेतृत्व क्षमता अभिवृद्धि तथा कार्यक्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ट्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु, श्रीमती गम्भीर घाइते

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर...

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...