Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

वीरगंजमा ‘अन्तर्राष्ट्रिय मानव संसाधन दिवस २०२६’ मनाइयो

spot_img
spot_img

वीरगंज । मानव संसाधन समाज नेपाल मधेश च्याप्टरले वीरगंजमा ‘अन्तर्राष्ट्रिय मानव संसाधन दिवस २०२६’ भव्य रूपमा मनाएको छ ।

यस अवसरमा वीरगंज उद्योग वाणिज्य संघ (बीआईसीसीआई) सँगको सहकार्यमा “परिवर्तनको नेतृत्व गर्न मानिसलाई सशक्त बनाऔँ” भन्ने नारासहित ज्ञान आदान–प्रदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नेतृत्व विकास, कर्मचारी सशक्तीकरण तथा मानव संसाधनको रणनीतिक भूमिकासम्बन्धी प्रस्तुति तथा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रमको उद्घाटन वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले गरेका थिए । कार्यक्रममा डाबर नेपालका फ्याक्ट्री प्रमुख (मानव संसाधन) आशुतोष यादवले प्रमुख वक्ताका रूपमा विशेष प्रस्तुति दिएका थिए ।

मानव संसाधन समाज नेपालका बोर्ड सदस्य एवं मधेश प्रदेश अध्यक्ष अनिल जयसवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न कम्पनीका मानव संसाधन क्षेत्रमा कार्यरत ३५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले मानव संसाधन व्यवस्थापनलाई संस्थागत विकासको महत्वपूर्ण आधारका रूपमा जोड दिँदै यस्ता ज्ञान आदान–प्रदान कार्यक्रमले नेतृत्व क्षमता अभिवृद्धि तथा कार्यक्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...