Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

भारत सरकारको सहयोगमा श्री जनता माविको नवनिर्मित भवन उद्घाटन

spot_img
spot_img

वीरगंज । भारत सरकारको आर्थिक सहयोगमा सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकास्थित श्री जनता माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । विद्यालय भवनको वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीना र सुरुङ्गा नगरपालिकाकी मेयर गीता चौधरीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

विद्यालय भवन तथा सम्बन्धित पूर्वाधार उच्च प्रभाव सामुदायिक विकास परियोजना (एच.आई.सी.डी.पी.) अन्तर्गत निर्माण गरिएको हो । उक्त परियोजना सुरुङ्गा नगरपालिकामार्फत कार्यान्वयन गरिएको जनाइएको छ ।

सन् १९५१ मा स्थापना भएको श्री जनता माध्यमिक विद्यालयले हाल नर्सरी (ईसीडी) देखि स्नातक तहसम्म शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयमा करिब ६२० विद्यार्थी अध्ययनरत रहेका छन्, जसमध्ये ३५८ जना छात्रा रहेका छन् ।

उद्घाटन कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालाले भारत सरकारको सहयोगप्रति आभार व्यक्त गरेका थिए । उनीहरूले नवनिर्मित भवनले शिक्षण–सिकाइको वातावरण सुधार गर्न तथा शिक्षा क्षेत्रलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वक्ताहरूले नेपाल–भारतबीचको बहु-क्षेत्रीय सहकार्यलाई थप मजबुत बनाउन यस्ता विकास परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...