Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

भारत सरकारको सहयोगमा श्री जनता माविको नवनिर्मित भवन उद्घाटन

spot_img
spot_img

वीरगंज । भारत सरकारको आर्थिक सहयोगमा सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकास्थित श्री जनता माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । विद्यालय भवनको वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीना र सुरुङ्गा नगरपालिकाकी मेयर गीता चौधरीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

विद्यालय भवन तथा सम्बन्धित पूर्वाधार उच्च प्रभाव सामुदायिक विकास परियोजना (एच.आई.सी.डी.पी.) अन्तर्गत निर्माण गरिएको हो । उक्त परियोजना सुरुङ्गा नगरपालिकामार्फत कार्यान्वयन गरिएको जनाइएको छ ।

सन् १९५१ मा स्थापना भएको श्री जनता माध्यमिक विद्यालयले हाल नर्सरी (ईसीडी) देखि स्नातक तहसम्म शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयमा करिब ६२० विद्यार्थी अध्ययनरत रहेका छन्, जसमध्ये ३५८ जना छात्रा रहेका छन् ।

उद्घाटन कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालाले भारत सरकारको सहयोगप्रति आभार व्यक्त गरेका थिए । उनीहरूले नवनिर्मित भवनले शिक्षण–सिकाइको वातावरण सुधार गर्न तथा शिक्षा क्षेत्रलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वक्ताहरूले नेपाल–भारतबीचको बहु-क्षेत्रीय सहकार्यलाई थप मजबुत बनाउन यस्ता विकास परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...