Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

विगो भरिभराउ मुद्दाका फरार प्रतिवादी अनुप महतो पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले विगो भरिभराउ मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२ बजे वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको फैसला कार्यान्वयन टोलीले फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–२० निवासी ५० वर्षीय अनुप महतो रहेका छन् । उनी विगो भरिभराउ मुद्दामा पर्सा जिल्ला अदालतबाट दुई वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई वीरगंज महानगरपालिका–२० स्थित लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाएको जनाएको छ ।

यस सम्बन्धमा जानकारी दिँदै प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरि बहादुर बस्नेतले फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइने बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...