Date
बिहि, साउन ७, २०८३
Thu, July 23, 2026

सरकारी विज्ञापनको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघको थप दबाब अभियान

spot_img
spot_img

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन वितरणमा गरिएको विभेदकारी निर्णयविरुद्ध थप दबाबमूलक आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले खर्च कटौतीको बहानामा सबै तहका सरकारी सूचना तथा विज्ञापन राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने निर्णय गरेको आरोप लगाइएको छ । उक्त निर्णयले निजी सञ्चारमाध्यम र श्रमजीवी पत्रकारमाथि अन्याय गरेको महासंघको भनाइ छ ।

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी सरकारी रवैया सच्याउन, सूचनाको पहुँचमा नियन्त्रण नगर्न, श्रमजीवी पत्रकारको पक्षमा पहल गर्न तथा सरकारी सूचना वितरणमा रहेको विभेद हटाउन पटक–पटक आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेपछि आन्दोलनलाई थप सशक्त बनाइएको जनाएको छ ।

महासंघले सार्वजनिक गरेको कार्यक्रमअनुसार २०८३ जेठ ७ गतेदेखि एक सातासम्म महासंघका तीनै तहका संरचनाबाट हस्ताक्षर संकलन अभियान सञ्चालन गरिनेछ । यस्तै जेठ ११ गते महासंघको केन्द्रीय समितिले संघीय संसद्का सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा संसद्का विषयगत समितिका सभापतिलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । प्रदेश र जिल्ला शाखाले भने इमेल वा हुलाकमार्फत ज्ञापनपत्र पठाउनेछन् ।

त्यसैगरी जेठ १४ गते देशभरका पत्रपत्रिका, टेलिभिजन, रेडियो तथा अनलाइन सञ्चारमाध्यममा सरकारी कदमको विरोधस्वरूप सम्पादकीय वा उपयुक्त स्थानमा कालो राख्ने कार्यक्रम तय गरिएको महासंघले जनाएको छ ।

महासंघले साताव्यापी दबाब अभियानबाट पनि माग पूरा नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।

यसअघि महासंघले पूर्वअध्यक्षहरू, राष्ट्रिय दैनिक तथा अनलाइन सञ्चारमाध्यमका सम्पादक, राजनीतिक दलका संसदीय दलका नेता लगायतसँग छलफल गरेको थियो । साथै प्रदेश समितिहरूले मुख्यमन्त्रीहरूसँग भेटघाट गरी धारणा स्पष्ट पारेका थिए भने जिल्ला शाखाहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

महासंघले पत्रकार तथा सदस्यमार्फत सामाजिक सञ्जालमा विरोध अभियान सञ्चालन गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसँग समेत छलफल र लबिङ गरेको जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

तीन महिनादेखि बन्द पर्सागढी–६ को वडा सेवा सञ्चालन गराउन आन्दोलनको तयारी

वीरगंज । पर्सागढी नगरपालिका–६ को वडा कार्यालयबाट प्रवाह हुने सेवा तथा सिफारिसका काम विगत करिब तीन महिनादेखि बन्द भएपछि स्थानीयवासीले समस्या समाधानका लागि सक्रिय...

नेकपाको केन्द्रीय सदस्यमा पर्साका नेता साह, कुशवाहा र भट्टराई मनोनित

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा पर्साबाट थप तीन जना मनोनित भएका छन् । पार्टीले पर्साका बलिराम साह, रामदरश कुशवाहा र हिरा...

‘माई टिभी’ लाई प्रहरीको पत्रप्रति पत्रकार महासंघकाे आपत्ति, प्रेस स्वतन्त्रतामा हस्तक्षेप नगर्न चेतावनी

वीरगंज । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्साले वीरगंजबाट प्रसारण हुने 'माई टिभी' लाई जिल्ला प्रहरी कार्यालय पर्साले पत्र काटेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको...