Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

पर्सामा मध्यरातमा चार परिवारका डेढ करोड बराबरका सुनचाँदी चोरी

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका–९ विश्रामपुरमा मंगलबार राति झन्डै डेढ करोड रुपैयाँ बराबरका सुनचाँदीका गहना चोरी भएको छ ।

स्थानीय नन्दकिशोर पटेल, नन्दलाल पटेल, बिरजेश पटेल र राजकिशोर पटेलको घरबाट करिब २८ तोला सुन तथा डेढ किलोभन्दा बढी चाँदीका गरगहना चोरी भएको पीडित परिवारले जनाएको छ ।

घरमा प्लास्टरको काम भइरहेकाले चारै दाजुभाइका गहना एउटै स्थानमा राखिएको थियो । गहना राखिएको अल्मारी भुइँतल्लामा रहेको र परिवारका सदस्य माथिल्लो तलामा सुतिरहेका थिए ।

पीडित नन्दकिशोर पटेलका अनुसार चोरहरूले चोरी गर्नुअघि कोठाको ढोकामा बाहिरबाट चुकुल लगाएका थिए । बिहान करिब ३ बजे उठेर बाहिर निस्कन खोज्दा ढोका बाहिरबाट बन्द रहेको थाहा पाएपछि उनले आफ्नै घरमा सुतेका भाइ नन्दलाल पटेललाई फोन गरेर बोलाएका थिए । त्यसपछि ढोका खोल्दा घरमा राखिएका सुनचाँदीका गहना चोरी भएको खुलेको उनले बताए ।

घटनाबारे जानकारी पाएलगत्तै घटना स्थलमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए ।

पीडित परिवारले चोरीमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...