Date
बिहि, भदौ ४, २०८३
Thu, August 20, 2026

पर्सामा मध्यरातमा चार परिवारका डेढ करोड बराबरका सुनचाँदी चोरी

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका–९ विश्रामपुरमा मंगलबार राति झन्डै डेढ करोड रुपैयाँ बराबरका सुनचाँदीका गहना चोरी भएको छ ।

स्थानीय नन्दकिशोर पटेल, नन्दलाल पटेल, बिरजेश पटेल र राजकिशोर पटेलको घरबाट करिब २८ तोला सुन तथा डेढ किलोभन्दा बढी चाँदीका गरगहना चोरी भएको पीडित परिवारले जनाएको छ ।

घरमा प्लास्टरको काम भइरहेकाले चारै दाजुभाइका गहना एउटै स्थानमा राखिएको थियो । गहना राखिएको अल्मारी भुइँतल्लामा रहेको र परिवारका सदस्य माथिल्लो तलामा सुतिरहेका थिए ।

पीडित नन्दकिशोर पटेलका अनुसार चोरहरूले चोरी गर्नुअघि कोठाको ढोकामा बाहिरबाट चुकुल लगाएका थिए । बिहान करिब ३ बजे उठेर बाहिर निस्कन खोज्दा ढोका बाहिरबाट बन्द रहेको थाहा पाएपछि उनले आफ्नै घरमा सुतेका भाइ नन्दलाल पटेललाई फोन गरेर बोलाएका थिए । त्यसपछि ढोका खोल्दा घरमा राखिएका सुनचाँदीका गहना चोरी भएको खुलेको उनले बताए ।

घटनाबारे जानकारी पाएलगत्तै घटना स्थलमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए ।

पीडित परिवारले चोरीमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन

बारा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयोगमा स्थापना गरिएको स्वास्थ्य...

चकलेट दिएर फकाई ३ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार...

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...