Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

जिल्ला प्रहरी कार्यालय बारा अगाडि तेस्रोलिङ्गीको अर्धनग्न प्रदर्शन, तीन जना पक्राउ

spot_img
spot_img

कलैया । जिल्ला प्रहरी कार्यालय बारा अगाडि अर्धनग्न प्रदर्शन गर्ने तीन जना तेस्रोलिङ्गीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी कार्यालय घेराउ गर्न पुगेका तेस्रोलिङ्गीहरूले अर्धनग्न प्रदर्शन गर्दै सडक अवरोध गरेपछि प्रहरी बल प्रयोग गरेर हटाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कलैया उपमहानगरपालिका–५ निवासी महमद सरिफ मियाँ भाँडको जाहेरीका आधारमा अभद्र व्यवहार मुद्दाको अनुसन्धानका क्रममा एक जना प्रतिवादी खुश्बु भन्ने अफजल मियाँ दर्जीलाई न्यायिक हिरासतमा राखिएको थियो । उनलाई रिहा गर्नुपर्ने मागसहित सोमबार बिहान तेस्रोलिङ्गी समूहले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी विजयराज पण्डित का अनुसार प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्नुका साथै सर्वसाधारण र सवारी साधनको आवतजावतमा समेत अवरोध पुर्‍याएका थिए । प्रहरी टोलीले सम्झाउने प्रयास गर्दा प्रदर्शनकारीहरूले प्रहरीमाथि गालीगलौज, अपशब्द प्रयोग तथा हातपातको प्रयास गरेको उनले बताए ।

शान्ति सुरक्षामा खलल पुगेपछि प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद राना मगरको कमाण्डमा खटिएको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा रौतहटको दवाही गोनाही गाउँपालिका–५ की २६ वर्षीया दिव्या रानी, बाराको जीतपुरसिमरा उपमहानगरपालिका–८ की २५ वर्षीया निशा भारती तथा ५७ वर्षीया निशा देवी रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

लैङ्गिक हिंसापीडितलाई न्यायका लागि आर्थिक सहयोग आवश्यक

वीरगंज । पर्सामा लैङ्गिक हिंसापीडित महिला तथा बालबालिकाको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक सहयोगको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दिब्य विकास स्रोत केन्द्र (डीडीआरसी),...