Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

नेपाली कांग्रेसको ‘ग्रिन टेबल’ संयोजकमा कञ्चन झा

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसले सञ्चालन गर्दै आएको सार्वजनिक बहस मञ्च ‘ग्रिन टेबल’को संयोजनको जिम्मेवारी युवा नेता कञ्चन झालाई दिएको छ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले झालाई ग्रिन टेबल उपसमितिको संयोजक चयन गरेको हो ।

संयोजक झाले ग्रिन टेबल श्रृङ्खलालाई नीतिगत विमर्श, वैचारिक बहस तथा सार्वजनिक अन्तरक्रियाको प्रभावकारी थलोका रूपमा विकास गरिने बताएका छन् ।

नेपाली कांग्रेसभित्र वैचारिक बहस, नीतिगत सुधार तथा युवा परिचालनका क्षेत्रमा सक्रिय झा विशेषगरी युवापुस्तालाई नीति, विचार र लोकतान्त्रिक अभ्याससँग जोड्ने अभियानमा सक्रिय रहँदै आएका छन् ।

पार्टीका उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न विषयगत समिति तथा सार्वजनिक संवाद कार्यक्रममार्फत पार्टीको वैचारिक आधारलाई थप मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ ।

‘ग्रिन टेबल’ प्रतिष्ठानद्वारा सुरु गरिएको यस्तो मञ्च हो, जहाँ समसामयिक राष्ट्रिय विषय, नीति निर्माण, लोकतान्त्रिक अभ्यास, सुशासन, सामाजिक न्याय तथा सार्वजनिक सरोकारका विषयमा छलफल र अन्तरक्रिया हुने गर्दछ ।

संयोजक झाले ‘ग्रिन टेबल’ नामको अर्थ पनि प्रतीकात्मक रहेको उल्लेख गर्दै हरियो रंग नेपाली कांग्रेसको राजनीतिक पहिचान र रूख चिन्हसँग सम्बन्धित रहेको बताए । उनका अनुसार यसले देश, कृषि, वनजङ्गल, जनजीवन तथा जीवन्त सामाजिक यथार्थको प्रतिनिधित्व गर्ने सन्देश बोकेको छ ।

ग्रीन टेबल श्रृङ्खलालाई सार्वजनिक नीति र लोकतान्त्रिक संस्कृतिबीचको संवादको प्रभावकारी थलो बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले युवापुस्ताको सक्रिय सहभागिता, विज्ञहरूको सुझाव तथा नागरिक समाजको आवाजलाई नीतिगत बहससँग जोडिने बताए ।

‘ग्रिन टेबल’ अन्तर्गत नीतिगत सुधार आवश्यक रहेका विभिन्न समसामयिक विषयमा केन्द्रित भएर हप्तामा एक पटक विज्ञसहितको अन्तरक्रिया आयोजना गरिने जनाइएको छ । ती छलफलबाट प्राप्त निष्कर्षलाई पार्टीका नेता तथा जनप्रतिनिधिहरूको नियमित कार्यशालामार्फत थप परिष्कृत गर्दै सम्बन्धित विषयमा नीतिगत सुधारका लागि पार्टीलाई मार्गदर्शन गरिने प्रतिष्ठानले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...