Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

लिटिल बड्डी प्रिस्कुलमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । लिटिल बड्डी प्रिस्कुलमा आइतबार निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । बालबालिका तथा शिक्षक–कर्मचारीको आँखा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर आयोजना गरिएको विद्यालयले जनाएको छ ।

वीरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा विद्यालयका १४० जना विद्यार्थी, उनीहरूका परिवारका सदस्य तथा १५ जना शिक्षक–कर्मचारीको आँखा परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक विजय कुमार बलले जानकारी दिए ।

शिविरमा प्याब्सन वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तव, वीरगंज युवा समाजका पूर्व अध्यक्ष कमल चौगाईं, पत्रकार जगत राई तथा दिपु कुमार वर्णवालको उपस्थिति रहेको थियो ।

विद्यालयले नियमित स्वास्थ्य परीक्षणले विद्यार्थीहरूको समग्र स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वासका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

शिविरमा नेत्रचिकित्सक महेश सिंह धामी, प्रभात चौरसिया तथा नेत्र सहायकहरू मनोज पटेल र सृष्टि चौधरीको टाेलीले आँखाकाे जाँच गरेकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

लैङ्गिक हिंसापीडितलाई न्यायका लागि आर्थिक सहयोग आवश्यक

वीरगंज । पर्सामा लैङ्गिक हिंसापीडित महिला तथा बालबालिकाको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक सहयोगको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दिब्य विकास स्रोत केन्द्र (डीडीआरसी),...