Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

कालिकामाईका चार वडामा रास्वपाको वडा अधिवेशन सम्पन्न, एक वडामा स्थगित

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको कालिकामाई गाउँपालिकाका चार वटा वडामा वडा अधिवेशन सम्पन्न भएको छ भने एक वडाको अधिवेशन स्थगित भएको छ ।

पार्टीको केन्द्रीय कार्यतालिकाअनुसार शनिबार कालिकामाई गाउँपालिकाका वडा नं. १, २, ४ र ५ मा वडा अधिवेशन सम्पन्न भएको तथा वडा नं. ३ को अधिवेशन विवादका कारण स्थगित भएको रास्वपा पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्राले जानकारी दिए ।

उनका अनुसार सम्पन्न अधिवेशनबाट वडा नं. १ मा लालबाबु राउत बरई, वडा नं. २ मा मनमोहन प्रसाद चौरसिया, वडा नं. ४ मा विकास कुशवाहा र वडा नं. ५ मा धनिलाल राउत कुर्मीको सभापतित्वमा वडाकाे तदर्थ समितिहरू सर्वसम्मत रूपमा गठन गरिएको छ ।

रास्वपाले स्थानीय तहसम्म संगठन विस्तार तथा पार्टी गतिविधिलाई सशक्त बनाउन वडा अधिवेशनलाई प्राथमिकताका साथ सञ्चालन गरिरहेको जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...