Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

पर्सा–बाराका ३ स्थानमा रक्तदान कार्यक्रम, १२९ युनिट रगत संकलन

spot_img
spot_img

वीरगंज । पर्सा र बाराका तीन स्थानमा शनिबार आयोजित रक्तदान कार्यक्रममा कुल १२९ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र वीरगंजमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै विभिन्न संघसंस्थाले आकस्मिक रूपमा रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।

रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेका अनुसार पर्साको दुई स्थान र बाराको एक स्थानमा सम्पन्न कार्यक्रममा ४ महिला सहित १२९ जनाले रक्तदान गरेका हुन् ।

पर्सा बिक्री प्रतिनिधि समूहको आयोजनामा वीरगंजको बसपार्कमा आयोजित कार्यक्रममा एक महिला सहित ५१ जनाले रक्तदान गरेका समूहका बिकी सराफले जानकारी दिए । कार्यक्रममा विनोद श्रेष्ठ, रामाशंकर महतो, कमला मगर, अभिषेक नेलाली, दिपेश कुशवाहा, सन्दिप साह, सन्तोष महतो, बद्रीप्रसाद चौरसिया, प्रमोद पासवान, सगिर अन्सारी लगायतले रक्तदान गरेका थिए ।

त्यसैगरी बाराको प्रसौनी गाउँपालिका वडा नं. २ मा ईलेभेन स्टार क्रिकेट क्लबको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ३ महिला सहित ४२ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख पाण्डेले बताए ।

यस्तै वीरगंजको माइस्थान पार्कमा आयोजित अर्को रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् ।

रक्तसञ्चार केन्द्र वीरगंजमा पछिल्लो समय रगत अभाव बढ्दै गएपछि आयोजना गरिएका यी कार्यक्रमबाट केही हदसम्म रगत अभाव पूर्ति हुने अपेक्षा गरिएको आयोजकहरूले बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

लैङ्गिक हिंसापीडितलाई न्यायका लागि आर्थिक सहयोग आवश्यक

वीरगंज । पर्सामा लैङ्गिक हिंसापीडित महिला तथा बालबालिकाको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक सहयोगको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दिब्य विकास स्रोत केन्द्र (डीडीआरसी),...