Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

वीरगंजको मुख्य सडक आवश्यकता अनुसार फराकिलो बनाऔँ : पूर्वमन्त्री प्रदीप यादव

spot_img
spot_img

वीरगंज । पूर्वमन्त्री तथा पर्सा क्षेत्र नं. १ का निर्वतमान प्रतिनिधिसभा सदस्य प्रदीप यादवले वीरगंजको मुख्य सडक आवश्यकता र औचित्यका आधारमा मात्रै फराकिलो बनाइनुपर्ने बताएका छन् ।

शुक्रबार वीरगंजमा पत्रकारहरूसँग कुरा गर्दै उनले अदालतको निर्णय कार्यान्वयन गर्ने क्रममा सरकारले हुकुमी शैली अपनाएर घर तथा पसलहरू खाली गराएको टिप्पणी गरे । यसरी एक्कासी संरचना खाली गराउँदा स्थानीय व्यवसायी तथा जग्गाधनीहरूले लाखौँ रुपैयाँको क्षति व्यहोर्नुपरेको उनले बताए ।

“अदालतको निर्णय भएकाले त्यसमा प्रत्यक्ष टिप्पणी गर्ने आधार नभए पनि कार्यान्वयन प्रक्रिया व्यावहारिक र मानवीय हुनुपर्छ,” उनले भने ।

यादवले सम्बन्धित मन्त्री स्वयंले स्थलगत अनुगमन गरी कति मिटर सडक विस्तार उपयुक्त हुन्छ भन्ने विषयमा पुनः मूल्याङ्कन गर्नुपर्ने र आवश्यक परे वैकल्पिक उपाय खोज्नुपर्ने सुझाव दिए ।

विकासका विषयमा सबैको सहमति भए पनि जनप्रतिनिधिहरूको मौनता देख्दा आफू दुःखी भएको उनले उल्लेख गरे ।

तराई–सीमा क्षेत्रमा लाग्ने भन्सार शुल्कसम्बन्धी विवादबारे बोल्दै उनले हालको कानुन समयअनुकूल नभइसकेको भन्दै परिमार्जन आवश्यक रहेको बताए । नेपाल–भारतबीचको सामाजिक, सांस्कृतिक तथा धार्मिक सम्बन्ध निकै गहिरो रहेको उल्लेख गर्दै उनले “रोटी–बेटीको सम्बन्ध” लाई कुनै पनि सरकारले कमजोर बनाउन नसक्ने स्पष्ट पारे ।

यसै क्रममा वीरगंजस्थित हरिखेतान कलेजमा भएको घटनालाई उनले दुःखद भएको बताए । दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गर्दै उनले विद्यार्थी भर्नाका क्रममा सामुदायिक कलेजमा विवाद सिर्जना गरी निजी कलेजलाई फाइदा पुर्‍याउने प्रयास भएको हुन सक्ने आशंका व्यक्त गरे ।

उक्त घटनाको योजनाकारसम्म पुगेर छानबिन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालय पर्सालाई गम्भीर बन्न आग्रह गरे ।

मधेश प्रदेशमा सरकार परिवर्तनको चर्चा चलिरहेको विषयमा उनले “अन्तिम किस्ता उठान सरकार परिवर्तनको खेल” भएको टिप्पणी समेत गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...