Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

कांग्रेस केन्द्रीय सदस्यमा पर्साका रिजाल र चौरसिया मनोनीत

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पर्साका दुई नेतालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

सभापति थापाले सोमबार पार्टी विधान २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम पर्साका रमेश रिजाल र अजय कुमार चौरसियालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

दुवै नेता यसअघि शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिमा पनि केन्द्रीय सदस्य थिए । रिजाल लामो समयदेखि पार्टी संगठन तथा मधेस राजनीतिमा सक्रिय नेताका रूपमा परिचित छन् भने चौरसिया पनि पर्सा जिल्लामा कांग्रेस संगठन विस्तारमा सक्रिय रहँदै आएका छन् ।

सभापति थापाले सोमबार कुल १९ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । तीमध्ये पर्साबाट दुई नेताले अवसर पाएका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...