Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

पर्सामा सशस्त्र प्रहरीको छापा : १४ लाखभन्दा बढीको कपडा र किराना सामान बरामद

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल नेपालले पर्सा र बारामा संयुक्त रुपमा सञ्चालन गरेको छापामारी अभियानमा भन्सार छली गरी ल्याइएका करिब १४ लाख ११ हजार रुपैयाँ बराबरका कपडा तथा किराना सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार मिति २०८३ वैशाख २६ गते प्राप्त विशेष सूचनाको आधारमा छापामारी गरिएको हो ।

जिल्ला बाराको विश्रामपुर गाउँपालिका–५ नकटुवा बिर्ताटोलस्थित गोठमा भन्सार छलि गरी कपडा भण्डारण गरिएको सूचनापछि सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर वीरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा खटिएको टोली तथा वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेको थियो ।

टोलीले करिब ११ लाख ७५ हजार ५ सय रुपैयाँ बराबरको १७ पोका कपडा बरामद गरेको जनाएको छ । बरामद सामान आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।

त्यसैगरी पर्साको जिराभवानी गाउँपालिका–१ बलुवा क्षेत्र नजिकका कच्ची घरहरूमा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका किराना सामान लुकाइछिपाइ राखिएको सूचनापछि अर्को संयुक्त टोलीले खानतलासी गरेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर भिखमपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन बोगटीको नेतृत्वमा गएको टोली, प्रहरी चौकी बलुवा र वीरगंज भन्सार कार्यालय पर्साको संयुक्त टोलीले २ लाख ३५ हजार ५ सय रुपैयाँ बराबरका किराना सामान बरामद गरेको जनाएको छ ।

बरामद सबै सामान थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...