Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

विज्ञापन सम्बन्धी विभेदकारी निर्णय फिर्ता लिन अन्तर्राष्ट्रिय पत्रकार महासंघको आग्रह

spot_img
spot_img

काठमाडौं । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) ले नेपाल सरकारले सबै तहका सरकारी विज्ञापन राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने गरी गरेको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ ।

फ्रान्सको पेरिसमा मे ४ देखि ७, २०२६ सम्म सम्पन्न आईएफजेको विश्व सम्मेलनले नेपाल सरकारको उक्त निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमाथि प्रतिकूल असर पर्ने जनाएको हो ।

नेपाल पत्रकार महासंघ र आईएफजे एशिया प्रशान्त क्षेत्रद्वारा प्रस्तुत प्रस्तावलाई सम्मेलनले “अति जरुरी प्रस्ताव” का रूपमा पारित गरेको महासंघले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत १८ गते जारी गरेको निर्देशनमा सरकारी खर्च कटौतीको बहाना देखाउँदै सबै तहका सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र उपलब्ध गराउने व्यवस्था गरिएको थियो ।

आईएफजे सम्मेलनले उक्त निर्णयले सम्पादकीय स्वतन्त्रता, पत्रकारिताको स्वायत्तता र सञ्चार क्षेत्रको विविधतामा नकारात्मक प्रभाव पार्ने उल्लेख गरेको छ । सम्मेलनले सरकारी विज्ञापनको वितरणलाई निष्पक्ष, पारदर्शी र गैर–विभेदकारी बनाउनुपर्नेमा जोड दिएको छ ।

सम्मेलनले सरकारी सञ्चारमाध्यमलाई आर्थिक रूपमा बलियो बनाउने नाममा सूचना प्रवाहमा एकाधिकार कायम हुन सक्ने र सञ्चार क्षेत्रमा सरकारी नियन्त्रण बढ्ने खतरा रहेको उल्लेख गरेको छ । साथै स्वतन्त्र सञ्चारमाध्यमको आर्थिक दिगोपना, पत्रकारहरूको जीविकोपार्जन तथा जनताको सुलभ सूचनामा पहुँच प्रभावित हुने चेतावनी दिएको छ ।

प्रस्तावमा नेपाल पत्रकार महासंघले गरिरहेको आन्दोलनप्रति पूर्ण समर्थन जनाउँदै नेपाल सरकारलाई विभेदकारी नीति तत्काल फिर्ता लिन आग्रह गरिएको छ । साथै प्रेस स्वतन्त्रता कमजोर बनाउने वा अभिव्यक्ति स्वतन्त्रता सीमित गर्ने खालका कानुनी तथा नीतिगत प्रबन्ध नगर्न सरकारलाई आह्वान गरिएको छ ।

आईएफजे सम्मेलनमा नेपाल पत्रकार महासंघको तर्फबाट अध्यक्ष निर्मला शर्माले प्रतिनिधित्व गर्नुभएको थियो । उक्त जानकारी महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...