Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

पर्सामा विश्व प्रेस स्वतन्त्रता दिवस: आर्थिक नाकाबन्दीविरुद्ध पत्रकारहरूको खबरदारी

spot_img
spot_img

वीरगंज । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आइतबार वीरगंजमा प्रभातफेरी तथा कोण सभा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको आयोजनामा गरिएको प्रभातफेरी घण्टाघरबाट सुरु भई माइस्थान, महाविरस्थान, आदर्शनगर, अलखियामठ र घडिअर्वा हुँदै पुनः घण्टाघरमै पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले सरकारबाट प्रेसमाथि भइरहेको हस्तक्षेपको कडा शब्दमा विरोध गरे । उनले निजी सञ्चारमाध्यममाथि सरकारी विज्ञापनमा लगाइएको प्रतिबन्ध तत्काल हटाउन माग गरे ।

प्रमुख अतिथि समेत रहेका सचिव तिवारीले सञ्चारमाध्यममाथि गरिएको आर्थिक नाकाबन्दीको विरोधमा महासंघ आन्दोलनरत रहेको उल्लेख गर्दै सरकार आफ्नो निर्णयबाट पछि नहटे अझ कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले सरकारका गैरसंवैधानिक कदमविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा समेत आवाज उठाइने र संयुक्त राष्ट्रसंघसम्म पुग्ने जानकारी गराए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले राजनीतिक दलहरू सत्तामा पुगेपछि प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रवृत्ति देखिँदै आएको आरोप लगाए । उनले सत्ता बाहिर रहँदा प्रेस स्वतन्त्रताको वकालत गर्ने दलहरू सत्तामा पुगेपछि सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खोज्ने गरेको टिप्पणी गरे ।

उनले सञ्चारमाध्यमले सत्तामा रहेका व्यक्तिहरूको स्वेच्छाचारितामाथि निगरानी राख्ने भएकाले मिडियालाई कमजोर पार्ने प्रयास भइरहेको धारणा व्यक्त गरे ।

अध्यक्ष खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य विजय भण्डारी, समाजवादी प्रेस संगठन मधेश प्रदेशका अध्यक्ष मनोज पटेल, जिल्ला अध्यक्ष शम्भु कुमार सुमन, प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादव लगायतले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...