Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

हावाहुरीले सेढवामा घर भत्कायो, पाँच सदस्यीय परिवार खुला आकाशमुनि बस्न बाध्य

spot_img
spot_img

सेढवा । आइतबार राति आएको भीषण हावाहुरीले जिराभवानी गाउँपालिका–२, सेढवाका धर्मराज राम चमारको घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ।

राति करिब ११ बजेको समयमा असिना र मुसलधारे वर्षासहित आएको हावाहुरीले उनको दुईकोठे कच्ची घरको फुसको छानो उडाउनुका साथै भित्ताहरू समेत ढालिदिएको हो। केही समयअघिसम्म आश्रय बनेको उक्त घर अहिले भग्नावशेषमा परिणत भएको छ।

घरभित्र रहेका अन्नपात, लुगाफाटा तथा भाँडाकुँडा समेत नष्ट भएका छन्। “जतिसुकै दुःख गरेर जोहो गरेको सबै एकै रातमा सकियो,” पीडित चमारले दुःखेसो पोखे।

पाँच सदस्यीय उनको परिवार हाल खुला आकाशमुनि बस्न बाध्य भएको छ। चर्को घाम, हावाहुरी र वर्षाले थप पीडा दिइरहेको उनीहरूले बताएका छन्। राति पर्नासाथ असुरक्षाको त्रास बढ्ने गरेको छ।

दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका चमार परिवारसँग न आफ्नै जमिन छ, न सुरक्षित आश्रय। प्राकृतिक विपत्तिले थपिएको यो संकटले उनीहरूलाई झन् असहाय बनाएको छ।

पीडित परिवारले अहिले सरोकारवाला निकाय तथा दातृ संस्थासँग सहयोगको अपिल गरेको छ। “अब कहाँ जाऊँ, कसरी बाँचूँ?” भन्ने प्रश्नसँगै उनीहरू राहत र पुनःस्थापनाको प्रतीक्षामा रहेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...