Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सामा ढिलाइपछि कांग्रेसको ‘जरा अभियान’ सुरु, संगठन सुदृढीकरणमा जोड

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसको केन्द्रीय निर्देशनअनुसार देशभर वैशाख १ गतेदेखि सुरु हुनुपर्ने ‘जरा अभियान’ पर्सा जिल्लामा भने ढिलाइ हुँदै शनिबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ।

वीरगंज–२४ रामगढवास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेस पर्साले अभियानको शुभारम्भ गरेको हो । कार्यक्रम जिल्ला सभापति तथा मधेस प्रदेशका पूर्वमन्त्री जनार्दन सिंह क्षेत्रीको अध्यक्षता तथा पूर्वमन्त्री रमेश रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा पूर्वमन्त्रीहरू सुरेन्द्र चौधरी, अजय चौरसिया, मधेस प्रदेशका कृषिमन्त्री श्याम पटेल, पार्टीका जिल्ला उपसभापतिद्वय रामनारायण कुर्मी, अशोक गुप्ता, जिल्ला सचिव तथा वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, सह सचिव नविन सिंह लगायत नेता–कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

पार्टी संगठनलाई आधार तहसम्म सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित सञ्चालन गरिएको ‘एक महिने जरा अभियान’ अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक, नयाँ सदस्यता वितरण तथा नागरिक संवाद कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।

कांग्रेसका महामन्त्री प्रदीप पौडेलका अनुसार वैशाख महिनाभर चल्ने यस अभियानमार्फत डिजिटल प्रणाली प्रयोग गरी सदस्यता अद्यावधिक गरिनेछ । उनले ‘जरा अभियान’ को अर्थ पार्टीलाई पुनः गाउँ–टोलसम्म पु¥याउनु भएको उल्लेख गर्दै सदस्यता अद्यावधिकका लागि सम्बन्धित स्थानमै पुग्नुपर्ने व्यवस्था गरिएको बताए ।

हाल कांग्रेसका देशभर करिब ८ लाख ६३ हजार क्रियाशील सदस्य रहेकामा करिब एक लाख सदस्यको फोन नम्बर अभिलेखमा नरहेको तथा धेरै नम्बर दोहोरिएका वा त्रुटिपूर्ण रहेको तथ्यांक छ । अद्यावधिक प्रक्रियामा सम्बन्धित स्थानमै पुगेर फोटो खिच्ने र मोबाइल नम्बर अनिवार्य राखिने व्यवस्था गरिएको जनाइएको छ ।

यस अभियानलाई पर्सामा हालै सम्पन्न निर्वाचनमा अपेक्षित परिणाम नआएको सन्दर्भसँग पनि जोडेर हेरिएको छ । नेताहरूले विगतका कमजोरीहरूको समीक्षा गर्दै संगठनलाई ‘जरा’देखि सुदृढ बनाउँदै आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरी सक्रियता बढाउने बताएका छन् ।

कांग्रेस पर्साले जिल्लाका चारै संसदीय क्षेत्र तथा स्थानीय तहका वडा–वडामा पुगेर अभियान सञ्चालन गर्ने जनाएको छ। नेता–कार्यकर्ताहरूले संगठनलाई बलियो बनाउन अब गाउँ र टोलसम्म पुगेर काम गर्नुपर्नेमा जोड दिएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...