Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

spot_img
spot_img

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग सेयर कारोबारमा संलग्न रहेको आरोप लागेपछि उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष राजीनामा बुझाएका हुन् ।

गुरुङले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक जानकारी दिएका छन् । प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेकै दिन गठन गरिएको मन्त्रिपरिषद्मा गुरुङ गृहमन्त्रीका रूपमा नियुक्त भएका थिए ।

पदभार सम्हालेको सुरुवाती चरणमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरी चर्चा कमाएका गुरुङ पछिल्लो समय भने विभिन्न विवादका कारण आलोचनाको केन्द्रमा पर्दै आएका थिए ।

उच्च स्रोतका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भएको छलफलपछि गुरुङले राजीनामा दिने निर्णय गरेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...

काठमाडौंमा फेटा घटनाका घाइतेलाई भेट्दै सांसद अन्सारीले भने : दोषीले उन्मुक्ति पाउँदैनन्

वीरगंज । बाराको फेटा गाउँपालिकामा शनिबार भएको घटनामा गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय आदित्य पासवानलाई थप उपचारका लागि आइतबार हेलिकप्टरमार्फत काठमाडौं लगिएको...

फेटा घटनाप्रति आजपा मधेश प्रदेशको गम्भीर ध्यानाकर्षण, दोषीलाई कारबाही गर्न माग

कलैया । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित अस्पताल भवन उद्घाटनका क्रममा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय आदित्य पासवान घाइते भएको घटनाप्रति आम...