Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

सशस्त्र प्रहरीको गाडीको ठक्करबाट मोटरसाइकल चालक घाइते, स्थानीयको आक्रोश

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बलको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन्।

सोमबार बिहान वीरगंज महानगरपालिका वडा नं. २२ जगरनाथपुर चोकभन्दा करिब १०० मिटर अगाडि सडकमा सशस्त्र प्रहरीको ना. १ झ १५३१ नम्बरको स्कार्पियो गाडीले प्रदेश २–००१–प १६२९ नम्बरको प्लाटिना मोटरसाइकललाई ठक्कर दिएको हो।

ठक्करबाट मोटरसाइकल चालक वीरगंज–३२ चोर्नी निवासी दिपेन्द्र श्रीवास्तव घाइते भएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन निरौलाका अनुसार घाइते श्रीवास्तवको वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।

स्थानीयका अनुसार ड्राइपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको सशस्त्र प्रहरीको गाडीले ठक्कर दिएको हो। चिनी र तेल लोड गरिएको मोटरसाइकललाई परवानीपुरबाट ड्राइपाेर्ट तर्फ विपरित लेनमा आइरहेकाे सशस्त्रकाे गाडीले जानाजान घुमाएर ठक्कर दिएको स्थानीय प्रत्यक्षदर्शीले आरोप लगाएका छन्।

घटनापछि स्थानीयले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई जानकारी गराएपछि वडा प्रहरी कार्यालय श्रीपुरबाट वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) धिरेन्द्र थपलियाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। तर, स्थानीयले घटना विवरण दिँदा सई थपलियाले उल्टै थर्काएको आरोप समेत लगाएका छन्।

यस विषयमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक नविन थापा मगर विदामा भएकाे कारण सई थपलियासँग बुझ्न फोनमार्फत सम्पर्क गर्न खोजिए पनि सम्पर्क हुन सकेन।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...