Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

पर्सागढीबाट जुवातास खेल्दै गरेका ५ जना पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार मंगलबार बेलुका करिब ८:२० बजे पर्सागढी नगरपालिका–३ बडनिहार विरुवागुठीस्थित दिलमाया तामाङले सञ्चालन गरेको गौरे कटेज खाजा पसलमा जुवा खेल भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–३ का ५७ वर्षीय बिरेन्द्र साह, पर्सागढी–४ का ४० वर्षीय सुरेन्द्र चौधरी, वीरगंज महानगरपालिका–३१ का २७ वर्षीय अरबिन्द गौरो थारु, पर्सागढी–३ का ३१ वर्षीय शिशिर तामाङ तथा सोही स्थानकी ३८ वर्षीया दिलमाया तामाङ रहेका छन्।

प्रहरीले उनीहरूबाट तीन सेट तास र नगद १५ हजार ५५ रुपैयाँ बरामद गरेको जनाएको छ।

घटनामा संलग्न व्यक्तिहरूमाथि सार्वजनिक शान्ति विरुद्धको कसूरअन्तर्गत जुवा खेल्न नहुने सम्बन्धी दफा १२५ अनुसार आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...