Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

युवाहरूले फेरि आन्दोलन गर्नु नपर्ने गरी कानुन र नीति बनाउन ध्यान दिन्छुः सभामुख अर्याल

spot_img
spot_img

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेनजी युवाले आन्दोलन गर्न नपर्ने गरी कानुन, नीति र नियम निर्माणमा आफूले विशेष ध्यान दिने बताउनुभएको छ।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उहाँले विगतमा धेरै जनाको ज्यान जाने तथा ठूलो भौतिक क्षति हुने गरी भएको जेनजी आन्दोलनपछिको निर्वाचनबाट आफूहरू नेतृत्वमा आएको उल्लेख गर्दै अब त्यस्ता घटना दोहोरिन नदिनेतर्फ केन्द्रित रहने स्पष्ट पार्नुभयो।

सभामुख अर्यालले आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाहरू पुनर्निर्माणका लागि नयाँ कानुन आवश्यक नपर्ने भए पनि आवश्यक परे छिटो कानुन बनाएर काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले संसद्को गरिमा, मर्यादा र प्रभावकारिता कायम राख्दै निष्पक्ष, सन्तुलित र उत्तरदायी ढङ्गले आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै सबै राजनीतिक दल तथा सांसदहरूसँग सहकार्य र समन्वय गर्दै संसद्लाई प्रभावकारी, उत्तरदायी र जनमुखी संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...