Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

अर्बौं मूल्यको छपकैया पोखरी सार्वजनिक कायम, डा. भुसालद्वारा सरावगीको भूमिकाको प्रशंसा

spot_img
spot_img

वीरगंज । वीरगंजको बहुमूल्य तथा ऐतिहासिक छपकैया पोखरी अन्ततः सार्वजनिक सम्पत्तिको रूपमा कायम भएको छ । अर्बौं मूल्य बराबरको उक्त पोखरी विगतमा निजीकरण गरी कब्जा गरिएको भए पनि लामो कानुनी तथा नागरिक सङ्घर्षपछि अन्ततः महानगरवासीकै स्वामित्वमा फर्किएको हो ।

पुनरावेदन अदालतदेखि सर्वोच्च अदालतसम्मले यसअघि व्यक्तिकै नाममा सदर गर्ने फैसला गरे पनि निरन्तरको पहल र संघर्षपछि निर्णय उल्टिएको हो । यसलाई सार्वजनिक सम्पत्ति कायम गराउने प्रक्रियामा विभिन्न पक्षको सक्रिय भूमिका रहेको छ ।

यसै सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सहसचिव डा. भीष्म कुमार भुसालले सामाजिक सञ्जालमार्फत पोखरी सार्वजनिक सम्पत्ति कायम भएको जानकारी दिँदै यस कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै वीरगंज महानगरपालिकाका पूर्व नगर प्रमुख विजयकुमार सरावगीलाई विशेष धन्यवाद दिएका छन् ।

पूर्व मेयर सरावगीले आफ्नो कार्यकालमा सार्वजनिक सम्पत्ति संरक्षणलाई प्राथमिकतामा राख्दै यस मुद्दामा दृढ अडान लिएका थिए । अदालतको अघिल्लो फैसला त्रुटिपूर्ण रहेको निष्कर्षसहित उनको नेतृत्वमा कार्यपालिका बोर्डबाट निर्णय गराएर राष्ट्रपतिसमक्ष संस्थागत रूपमा ध्यानाकर्षण पत्र पठाइएको थियो ।

जटिल र उच्च पदस्थ व्यक्तिहरूको संलग्नता रहेको यस प्रकरणमा पनि उनले देखाएको नेतृत्व, इच्छाशक्ति र निरन्तर पहलका कारण महानगरले आफ्नो अर्बौंको सम्पत्ति फिर्ता पाउन सफल भएको जनाइएको छ ।

यस अभियानमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितको टोलीले आवश्यक प्रमाण संकलनमा अहोरात्र खटिएको थियो भने अभियन्ता जफर अन्सारीको दशकभन्दा लामो संघर्ष र सञ्चारमाध्यमको निरन्तर खबरदारीले पनि महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

लामो समयको संघर्षपछि सार्वजनिक सम्पत्तिको रक्षा भएको भन्दै यतिबेला वीरगंजवासीमा खुसी र उत्साह छाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...