Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

जसपा नेपालमा चुनावी हारको समीक्षा, मधेसी दलबीच एकताको आवश्यकता औंल्याइयो

spot_img
spot_img

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को पार्टी कार्यालयमा शनिबार दिउँसो संरक्षक महन्थ ठाकुर सहित शीर्ष नेताहरूबीच समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको छ।

बैठकमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०७९ मा पार्टीले भोगेको हारको समीक्षा तथा मधेसी दलहरूबीच एकताको विषयमा केन्द्रित भएर कुराकानी भएको जनाइएको छ। मंसिर ४ गते सम्पन्न निर्वाचनमा अपेक्षाअनुसार नतिजा ल्याउन नसक्नुका कारणहरूबारे गम्भीर रूपमा समीक्षा गरिएको बुझिएको छ।

छलफलमा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रकम चेम्जोङ, पूर्वप्रदेश प्रमुख एवं मन्त्री उमाकान्त झा, पूर्वमुख्यमन्त्रीहरू लाल बाबु राउत र जितेन्द्र सोनल, साथै कार्यकारिणी सदस्य प्रकाश अधिकारी, डा. सुरेन्द्र कुमार झा, खालिद शिद्दिकी, विनोद सिंह लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

बैठकमा सहभागी नेताहरूले पार्टीको कमजोर प्रदर्शनले मधेस केन्द्रित राजनीतिमा असर परेको उल्लेख गर्दै आगामी दिनमा मधेसी दलहरूबीच एकता आवश्यक रहेको धारणा राखेका थिए। स्रोतका अनुसार, यस विषयमा थप पहल गर्नेबारे अनौपचारिक रूपमा समेत छलफल भएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मिथिला क्षेत्रमा बढ्यो ‘दशहरा’को चहलपहल, शक्तिपीठमा घटस्थापनाको तयारी

महोत्तरी । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा ‘दशहरा’को चहलपहल बढेको छ। शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा महोत्तरीसहित मिथिलाका विभिन्न देवी...

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा...

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

वीरगंज । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापना गरी जमरा राखेका छन् । यस अवसरमा नवदुर्गाको पहिलो स्वरूप माता शैलपुत्रीको आह्वान गर्दै विधिपूर्वक...