Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026

वीरगंजमा हनुमान जयन्तीको भव्य शोभायात्रा, शहरभर गुन्जियो “जय श्रीराम”

spot_img
spot_img

वीरगंज हनुमान जयन्ती का अवसरमा शनिबार वीरगञ्जमा भव्य शोभायात्रा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। श्रीरामभक्त हनुमान भगवानको जन्मोत्सवको उपलक्ष्यमा निकालिएको शोभायात्रामा हजारौँ भक्तजनहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

वीरगञ्जको घण्टाघरबाट सुरु भएको शोभायात्रामा महानगरका अधिकांश वडाबाट हिन्दु धर्मप्रति आस्था राख्ने सर्वसाधारण स्वतःस्फूर्त रूपमा सहभागी भएका थिए। शोभायात्राले शहरका विभिन्न भागको परिक्रमा गरेको थियो।

भगवा झण्डा, तरबार, त्रिशूल, डिजे तथा भगवान हनुमानको झाँकीसहितको शोभायात्रामा सहभागीहरूले “जय श्रीराम” को नारासहित भक्ति प्रकट गरेका थिए। शनिबार दिउँसोदेखि साँझसम्म वीरगञ्ज शहर जय श्रीरामको नाराले गुन्जयमान बनेको थियो।

शोभायात्राका क्रममा घण्टाघरदेखि अलखियामठसम्मको मुख्य सडक क्षेत्रमा सहभागीहरूको ठूलो भीड लागेको थियो। कुनै अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले नगर क्षेत्रमा व्यापक सुरक्षा व्यवस्था मिलाएका थिए।

यात्रामा सहभागी भक्तजनहरूका लागि विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संघसंस्थाले विभिन्न स्थानमा सरबत र खानेपानी वितरण गरेका थिए।

कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्त, क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानु तथा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित हजारौँ भक्तजनहरूको सहभागिता रहेको थियो।

गर्मीलाई ध्यानमा राख्दै यात्राका विभिन्न स्थानमा चिसो पानी, जुस, सरबत तथा बिस्कुटको व्यवस्था गरिएको थियो। स्थानीयका अनुसार गत वर्षको तुलनामा यस वर्षको शोभायात्रा अझ भव्य, व्यवस्थित र उत्साहपूर्ण रूपमा सम्पन्न भएको हो।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कालिकामाईमा नेत्रज्योति संघद्वारा निःशुल्क आँखा शिविर

वीरगंज । नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा पर्साको कालिकामाई गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कट्टीबलुवामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ...

कोल्भी–८ नयाँबस्तीमा प्रभु हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २०० जनाले पाए सेवा

कोल्भी । “घरदैलोमा डाक्टर” कार्यक्रमअन्तर्गत प्रभु हस्पिटल, वीरगञ्जले बाराको कोल्भी नगरपालिका–८ नयाँबस्तीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा वरिष्ठ हाडजोर्नी तथा नसा रोग...

जिल्ला अधिवेशन विवाद: वीरगंजमा रास्वपा कार्यकर्ताबीच कुटाकुट, ३ जना घाइते

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनअघि प्रतिनिधि छनोटको विषयलाई लिएर पार्टीभित्रको विवाद चर्किँदा कार्यकर्ताबीच हानाहान भएको छ । घटनापछि अधिवेशनको निर्वाचन...