Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

राष्ट्रिय सहकारी दिवसकाे अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पर्साका को–अपरेटिभ म्यानेजर्स क्लब (सीएमसी)ले आयोजना गरेको रक्तदान कार्यक्रम शुक्रबार वीरगंजस्थित माईस्थान मन्दिर प्राङ्गणमा सम्पन्न भएको छ । कार्यक्रममा ९ महिला सहित कुल ६१ जनाले रक्तदान गरेका छन्।

क्लबका अध्यक्ष चन्देश्वर प्रसाद चौरसियाको अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रमको उद्घाटन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए । कार्यक्रममा अध्यक्ष चौरसिया, रबिभूषण श्रीवास्तव, शोभा कुशवाहा, सिकेन्द्र यादव, दिपिका श्रेष्ठ, इन्दु श्रेष्ठ र इन्द्रवती कुमारी लगायतकाले रक्तदान गरेका थिए।

उक्त अवसरमा क्लबका संस्थापक अध्यक्ष जिस्नु बराल, पूर्व अध्यक्ष रबिभूषण श्रीवास्तव, महासचिव प्रदीप कुमार लोहार, सचिव दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष किरण ठाकुर लगायत सञ्चालक समिति सदस्य, विभिन्न सहकारी संस्थाका कर्मचारी तथा सहकारी क्षेत्रमा आवद्ध व्यक्तिहरुकाे उपस्थिति रहेको थियो।

कार्यक्रममा रक्त सञ्चार केन्द्रका शौरभराज पाण्डे, नितेश कुमार यादव, सनी यादव र मिथलेश साहको टोलीले प्राविधिक सहयोग प्रदान गरेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...