Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

राष्ट्रिय सहकारी दिवसकाे अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पर्साका को–अपरेटिभ म्यानेजर्स क्लब (सीएमसी)ले आयोजना गरेको रक्तदान कार्यक्रम शुक्रबार वीरगंजस्थित माईस्थान मन्दिर प्राङ्गणमा सम्पन्न भएको छ । कार्यक्रममा ९ महिला सहित कुल ६१ जनाले रक्तदान गरेका छन्।

क्लबका अध्यक्ष चन्देश्वर प्रसाद चौरसियाको अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रमको उद्घाटन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए । कार्यक्रममा अध्यक्ष चौरसिया, रबिभूषण श्रीवास्तव, शोभा कुशवाहा, सिकेन्द्र यादव, दिपिका श्रेष्ठ, इन्दु श्रेष्ठ र इन्द्रवती कुमारी लगायतकाले रक्तदान गरेका थिए।

उक्त अवसरमा क्लबका संस्थापक अध्यक्ष जिस्नु बराल, पूर्व अध्यक्ष रबिभूषण श्रीवास्तव, महासचिव प्रदीप कुमार लोहार, सचिव दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष किरण ठाकुर लगायत सञ्चालक समिति सदस्य, विभिन्न सहकारी संस्थाका कर्मचारी तथा सहकारी क्षेत्रमा आवद्ध व्यक्तिहरुकाे उपस्थिति रहेको थियो।

कार्यक्रममा रक्त सञ्चार केन्द्रका शौरभराज पाण्डे, नितेश कुमार यादव, सनी यादव र मिथलेश साहको टोलीले प्राविधिक सहयोग प्रदान गरेको थियो।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय दलित पत्रकार संघकाे दाेस्राे महाधिवेशन सम्पन्न, अध्यक्षमा बराइली निर्वाचित

वीरगंज । राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट गोपाल बराइली अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंमा मंगलबार सम्पन्न महाधिवेशनले बराइलीको नेतृत्वमा नयाँ...

विश्व वातावरण दिवसको अवसरमा वीरगंजमा साइकल र्‍याली

वीरगंज । विश्व वातावरण दिवस २०८३ को अवसरमा प्रकृति सेवा प्रतिष्ठान, नेपालले जीवन ज्योति स्कुलको सहकार्यमा बुधबार जनचेतनामूलक साइकल र्‍याली आयोजना गरेको छ ।...

सर्कल अफ केयरद्वारा पर्सा ट्राफिक प्रहरीलाई पानी डिस्पेन्सर सहयोग

वीरगंज । सामाजिक उत्तरदायित्व तथा सेवामूलक गतिविधिमा सक्रिय संस्था सर्कल अफ केयर (Circle of Care) ले जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सालाई एक थान पानी...