Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

सरकारको सरकारी विज्ञापन परिपत्र फिर्ता लिन पत्रकार महासङ्घको ३ दिने अल्टिमेटम

spot_img
spot_img

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने सरकारले जारी गरेको निर्णय सच्याउन सरकारलाई तीन दिने अल्टिमेटम दिएको छ।

शुक्रबार काठमाडौँमा सरोकारवालासँग भएको छलफलमा महासङ्घले उक्त निर्णय विभेदकारी भएको भन्दै तत्काल फिर्ता लिन माग गरेको हो। छलफलमा महासङ्घकी अध्यक्ष निर्मला शर्माले सरकारी सूचना प्रकाशन र प्रसारणको वर्तमान निर्णयले सञ्चारमाध्यमलाई समस्या पर्ने भएकाले सच्चाउनुपर्ने बताइन्। उनले यस विषयमा वार्ता प्रक्रिया पनि सँगसँगै अघि बढाउने तयारी रहेको जनाइन्।

सरकारको यो परिपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सबै संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश र स्थानीय तहहरूलाई पठाइएको थियो, जसको विरोधमा महासङ्घले सरोकारवालासँग छलफल गरेको हो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...