Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

जगरनाथपुरमा निःशुल्क आँखा शिविर सम्पन्न, १२९ जना लाभान्वित

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका–६ आवराहास्थित धर्मशालामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । रोटरी क्लब हेटौंडाको आयोजना तथा सामुदायिक आँखा अस्पताल हेटौंडाको प्राविधिक सहयोगमा सम्पन्न शिविरबाट १२९ जना लाभान्वित भएका छन्।

शिविर युवा नेता बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा आयोजना गरिएको थियो । प्रमुख अतिथिका रूपमा प्रमोद सहनी (रास्वपा, मधेश प्रदेश संगठन विभाग प्रमुख) को उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिमा सेनालाल पटेल, समाजसेवी सुशील चौरसिया लगायतको सहभागिता रहेको थियो।

त्यसैगरी रोटरी क्लबका अध्यक्ष प्रमेश प्रधान, कोषाध्यक्ष विकास श्रेष्ठ, नेत्र अधिकृत पूर्णिमा गुरुङ, वरिष्ठ नेत्र सहायक चन्द्रकान्ता चौधरी, आइ हेल्थ वर्कर जनक अवस्थी र शर्मिला बज्रगाईं लगायत स्थानीय व्यक्तिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

शिविरमा कुल १२९ जनाको आँखाको परीक्षण गरिएकोमा २९ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ भने ३६ जनालाई निःशुल्क औषधि (ड्रप) वितरण गरिएको जानकारी दिइएको छ।

मोतियाबिन्दु देखिएका २९ जना बिरामीलाई शुक्रबार हेटौंडा लगिने, शनिबार शल्यक्रिया गरिने र आइतबार पुनः आवराहा फर्काइने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रोटरी क्लब परिवारप्रति अध्यक्ष चौधरीले धन्यवाद व्यक्त गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...