Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

नारायणी अस्पताललाई मेडिकल कलेज बनाउन पहल, मन्त्रीसँग छलफल

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित नारायणी अस्पताललाई मेडिकल कलेजको रूपमा विकास गर्ने पहल तीव्र पारिएको छ। यसैक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरन्जन साहले दुई दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतासँग भेट गरी अस्पतालको स्तरोन्नति विषयमा छलफल गरेका थिए।

भेटका क्रममा नारायणी अस्पताललाई मेडिकल कलेजमा रूपान्तरण गर्ने सम्भावना, आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा शैक्षिक कार्यक्रम सञ्चालनका विषयमा प्रारम्भिक छलफल भएको जनाइएको छ। उक्त छलफलमा सहभागी जेन–जि युवा अर्जुन साहका अनुसार अस्पताललाई प्रदेशकै प्रमुख शैक्षिक तथा स्वास्थ्य केन्द्रको रूपमा विकास गर्ने लक्ष्यसहित पहल अघि बढाइएको हो ।

यसैबीच मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग समेत पुनः उच्चस्तरीय छलफल गरिएको छ। उक्त छलफलमा राजर्षि जनक विश्वविद्यालयका उपकुलपति अमर यादवको समेत सहभागिता रहेको थियो।

छलफलमा अस्पताललाई मेडिकल कलेजमा रूपान्तरण गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने, सम्बन्धनको विषय, शैक्षिक मापदण्ड पूरा गर्ने तथा बजेट व्यवस्थापनका विषयमा विस्तृत रूपमा कुराकानी भएको बताइएको छ।

सरोकारवालाहरूका अनुसार नारायणी अस्पताललाई मेडिकल कलेजमा स्तरोन्नति गर्न सके मधेस प्रदेशका विद्यार्थीहरूले आफ्नै क्षेत्रमा गुणस्तरीय चिकित्साशास्त्र अध्ययन गर्ने अवसर पाउनेछन् । साथै, यसबाट दक्ष जनशक्ति उत्पादन हुनुका साथै स्वास्थ्य सेवामा समेत उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।

स्थानीय तह, सरोकारवाला निकाय तथा युवाहरूले समेत यस पहलप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आगामी दिनमा विस्तृत अध्ययन, पूर्वाधार विकास, कानुनी प्रक्रिया तथा स्रोत व्यवस्थापनलाई प्राथमिकतामा राखेर योजना कार्यान्वयनतर्फ अघि बढाइने जनाइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...