Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

पर्सामा ‘विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम’ सम्पन्न, २९ स्वयंसेवक दीक्षित

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साद्वारा सञ्चालन गरिएको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम” समापन भएको छ।

साेमबार वीरगंज महानगरपालिका–१४ स्थित गण मुख्यालयमा आयोजित समापन कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको प्रमुख आतिथ्यता रहेको थियो। तालिम २०८२ फागुन २५ गतेदेखि चैत १६ गतेसम्म सञ्चालन गरिएको थियो।

कार्यक्रममा गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्री, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय पर्साका उप–अनुसन्धान निर्देशक सन्तोष ढुङ्गेल, श्री जंग गणका गणपति प्रमुख सेनानी लोकेन्द्र कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की लगायतको उपस्थिति रहेको थियो।

त्यस्तै, वडा नं. १४ का अध्यक्ष महबुब एलाही अन्सारी, सञ्चारकर्मी, स्पर्श मल्टीस्पेशलिटी हस्पिटल प्रा.लि. का अध्यक्ष डा. महेश्वर प्रसाद कुर्मी, स्वास्थ्यकर्मी, स्थानीय भद्रभलाद्मी, प्रशिक्षक तथा सशस्त्र प्रहरीका विभिन्न दर्जाका कर्मचारीसहित करिब ८०–९० जनाको सहभागिता रहेको थियो।

उक्त तालिमबाट दीक्षित भएका २९ जना विपद् स्वयंसेवकहरूलाई प्रमुख जिल्ला अधिकारी दाहालद्वारा प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा विपद् व्यवस्थापन तथा उद्धार कार्यमा स्वयंसेवकहरूको भूमिका महत्वपूर्ण रहने बताइएको थियो।

सशस्त्र प्रहरी बलका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले तालिमले विपद् प्रतिकार्य क्षमतामा थप मजबुती ल्याउने विश्वास व्यक्त गरे।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...