Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

पर्सामा ‘विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम’ सम्पन्न, २९ स्वयंसेवक दीक्षित

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साद्वारा सञ्चालन गरिएको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम” समापन भएको छ।

साेमबार वीरगंज महानगरपालिका–१४ स्थित गण मुख्यालयमा आयोजित समापन कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको प्रमुख आतिथ्यता रहेको थियो। तालिम २०८२ फागुन २५ गतेदेखि चैत १६ गतेसम्म सञ्चालन गरिएको थियो।

कार्यक्रममा गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्री, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय पर्साका उप–अनुसन्धान निर्देशक सन्तोष ढुङ्गेल, श्री जंग गणका गणपति प्रमुख सेनानी लोकेन्द्र कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की लगायतको उपस्थिति रहेको थियो।

त्यस्तै, वडा नं. १४ का अध्यक्ष महबुब एलाही अन्सारी, सञ्चारकर्मी, स्पर्श मल्टीस्पेशलिटी हस्पिटल प्रा.लि. का अध्यक्ष डा. महेश्वर प्रसाद कुर्मी, स्वास्थ्यकर्मी, स्थानीय भद्रभलाद्मी, प्रशिक्षक तथा सशस्त्र प्रहरीका विभिन्न दर्जाका कर्मचारीसहित करिब ८०–९० जनाको सहभागिता रहेको थियो।

उक्त तालिमबाट दीक्षित भएका २९ जना विपद् स्वयंसेवकहरूलाई प्रमुख जिल्ला अधिकारी दाहालद्वारा प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा विपद् व्यवस्थापन तथा उद्धार कार्यमा स्वयंसेवकहरूको भूमिका महत्वपूर्ण रहने बताइएको थियो।

सशस्त्र प्रहरी बलका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले तालिमले विपद् प्रतिकार्य क्षमतामा थप मजबुती ल्याउने विश्वास व्यक्त गरे।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर...