Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

केपी ओली पक्राउको विरोधमा वीरगंजमा एमालेको मशाल जुलुस

spot_img
spot_img

वीरगंज । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा सोमबार वीरगंजमा मशाल जुलुस निकालिएको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता तथा कार्यकर्ताहरूले ओलीको रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन्।

एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवको नेतृत्वमा सम्पन्न उक्त प्रदर्शनमा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै पक्राउप्रति कडा असन्तुष्टि जनाएका थिए। प्रदर्शनकारीहरूले यस कदमलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाउँदै तत्काल रिहाइको माग गरेका छन्।

मशाल जुलुस वीरगंजका विभिन्न स्थान हुँदै प्रदर्शन गरिएको थियो। मशाल जुलुस प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप समेत गरेका थिए ।

कार्यक्रममा एमाले नेता तेज प्रकाश निसाद, युवा नेता आसिफ अली, अंगद गुप्ता, बिकी सिंह लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणका लागि सबै राजनीतिक दल र सरोकारवालाहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए।

एमालेले देशभर नै आफ्ना शीर्ष नेताको पक्राउविरुद्ध विरोध कार्यक्रम जारी राख्ने जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...