Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

केपी ओली पक्राउको विरोधमा वीरगंजमा एमालेको मशाल जुलुस

spot_img
spot_img

वीरगंज । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा सोमबार वीरगंजमा मशाल जुलुस निकालिएको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता तथा कार्यकर्ताहरूले ओलीको रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन्।

एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवको नेतृत्वमा सम्पन्न उक्त प्रदर्शनमा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै पक्राउप्रति कडा असन्तुष्टि जनाएका थिए। प्रदर्शनकारीहरूले यस कदमलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाउँदै तत्काल रिहाइको माग गरेका छन्।

मशाल जुलुस वीरगंजका विभिन्न स्थान हुँदै प्रदर्शन गरिएको थियो। मशाल जुलुस प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप समेत गरेका थिए ।

कार्यक्रममा एमाले नेता तेज प्रकाश निसाद, युवा नेता आसिफ अली, अंगद गुप्ता, बिकी सिंह लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणका लागि सबै राजनीतिक दल र सरोकारवालाहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए।

एमालेले देशभर नै आफ्ना शीर्ष नेताको पक्राउविरुद्ध विरोध कार्यक्रम जारी राख्ने जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...