Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

कालिकामाई गाउँपालिकामा ‘जेन–जी’ नाममा अराजक गतिविधि बढेको आरोप, कारबाहीको माग

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकामा केही जेनजी प्रतिनिधिकाे नाममा अराजक गतिविधि बढेकाे गाउँपालिकाका कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिहरुले आराेप लगाएका छन् ।

गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता, उपाध्यक्ष राजमती बरैनी सहितका जनप्रतिनिधि र कर्माचारीहरुले अराजक गतिविधि गर्ने व्यक्तिमाथि आवश्यक कानुनी कारवाहीकाे माग गरेका छन् । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुकाे समुहले साेमबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगि लिखित रुपमा प्रमुख जिल्ला अधिकारी भाेला दाहालसंग कारवाहीकाे माग‍ गरेका हुन् ।

विगत ३ महिनादेखि सार्वजनिक सुचनाको बहानामा कालिकामाई गाउँपालिकामा आफुलाई जेन-जी प्रतिनिधि भन्ने केहि युवाहरु (६-७) जना यस कार्यालयमा कार्यालय समय भित्र विभिन्न वहानामा आई कर्मचारिहरुलाई अनावश्यक बेईज्जती गर्ने, गालि गल्लौज गर्ने यस कार्यालय संग सरोकार नै नरहेको सूचनाहरु माग्ने तथा केही कर्मचारीलाई कुटपिट गर्ने धाक धम्की समेत दिने गरेको गाउँपालिकााले जनाएकाे छ ।

विगत केही समयदेखि गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य कर्मचारी समेत तहाँ कार्यालयमा त्यो अराजक जेन-जी समुहको गतिविधि सम्बन्धि जानकारी गराईएको सकभर वार्ताको माध्यमवाट समस्या समाधान गर्नको लागि प्रयास गरिएको तर विगत २ दिनदेखि निजहरुको गतिविधि अति अराजक हुदै गएकोमा गाउँपालिका भित्र सेवा प्रवाहको वातावरण नै बिग्रिएको अवस्थामा त्यस समुहको नाईके माथि कानुनि प्रकृया अगाडी बढाईदिनुहुन गाउँपालिकाले लिखित रुपमा माग गरेकाे हाे ।

गाउँपालिका अध्यक्ष गुप्ता, उपाध्यक्ष बरैनी, वडाध्यक्ष सोनालाल प्रसाद चौरसिया, जयनारायण प्रसाद कुर्मी, संजय साह गाेढ, प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, स्वास्थ्य संयाेजक धिरज कुमार साह लगायतकाे जनप्रतिनिधि र कर्मचारीहरुकाे समुह जिल्ला प्रशासन कार्यालय पुगेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...