Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

ओली पक्राउको विरोधमा वीरगंजमा एमालेको प्रदर्शन, तत्काल रिहाइको माग

spot_img
spot_img

वीरगंज । केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूले शनिबार वीरगंजमा प्रदर्शन गरेका छन्। अध्यक्ष ओलीलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएपछि त्यसको विरोधमा घण्टाघर चोकमा भेला भई कार्यकर्ताहरूले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।

एमाले मधेश प्रदेशका उपाध्यक्ष विचारी यादवले पार्टीको निर्णयअनुसार जनवर्गीय संगठनहरू प्रदर्शनमा सहभागी भएको वताए । उनले अध्यक्ष ओलीको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै तत्काल रिहाइ गर्न माग गरे।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा विद्यार्थीहरूको ज्यान गएको घटनासँग जोडेर प्रहरीले ओलीलाई नियन्त्रणमा लिएको बताइएको छ। उक्त समयमा ओली प्रधानमन्त्री रहेका थिए भने रमेश लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए। सोही घटनासँग सम्बन्धित विषयमा अनुसन्धानका लागि दुवै नेतालाई पक्राउ गरिएको जनाइएको छ।

ओली र लेखक पक्राउ परेपछि एमालेले देशभर विरोध कार्यक्रम घोषणा गरेको छ। सोही कार्यक्रमअन्तर्गत वीरगंजमा पनि प्रदर्शन गरिएको हो।

प्रदर्शनमा एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्मा, नेता जालिम मियाँ, तेज प्रकाश निसाद लगायत नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रदर्शनका क्रममा कार्यकर्ताहरूले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै पक्राउ परेका नेताहरूको अविलम्ब रिहाइको माग गरेका थिए। स्थिति सामान्य रहे पनि सुरक्षा व्यवस्थालाई कडा बनाइएको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...