Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

ओली र लेखकको गिरफ्तारीप्रति एमालेको कडा विरोध, तत्काल रिहाइको माग

spot_img
spot_img

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीप्रति कडा आपत्ति जनाएको छ।

उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेकाे एमाले केन्द्रीय सचिवालयको पाँचौं बैठकले दुवै नेताको गिरफ्तारीलाई “प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी” भन्दै निन्दा, भर्त्सना तथा विरोध गरेको छ।

बैठकले उक्त गिरफ्तारी लोकतान्त्रिक मूल्य, कानुनी शासन र मानवअधिकारविपरीत रहेको ठहर गर्दै तत्काल रिहाइको माग गरेको छ। साथै, २०८२ भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की आयोग प्रति पनि एमालेले असहमति दोहोर्‍याएको छ।

एमालेले उक्त आयोगको प्रतिवेदन पूर्वाग्रही र न्यायिक सिद्धान्तविपरीत रहेको दाबी गर्दै निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ।

यसैगरी, पार्टीले गिरफ्तारीको विरोधमा राजनीतिक दल, नागरिक समाज र आमजनसमुदायलाई संयुक्त पहल गर्न आह्वान गरेको छ। एमालेले यस घटनाविरुद्ध कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ।

बैठकले चैत १५ गते आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको जनाएको छ। साथै आवश्यकताअनुसार अन्य दलहरूसँग समन्वय गरी थप आन्दोलनका कार्यक्रम घोषणा गरिने एमालेले जनाएको छ।

महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा पार्टी पंक्तिलाई एकताबद्ध भई लोकतन्त्रको पक्षमा दृढताका साथ अघि बढ्न आह्वान गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...