Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

स्रोत नखुलेको ९ लाख रुपैयाँसहित वीरगंजबाट एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको वीरगंज भन्सार मेनगेटबाट स्रोत नखुलेको नगदसहित एक व्यक्तिलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

बिहीबार दिउँसो करिब ३:३० बजे वीरगंज महानगरपालिका वडा नं. १६ स्थित भन्सार मेनगेटमा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेडक्वाटर पर्साबाट खटिएको चेकपोस्ट टोलीले विशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको ना २ प ९५८७ नम्बरको हिरो होण्डा मोटरसाइकललाई रोकी जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकल चालक वीरगंज महानगरपालिका–८ गहवा निवासी अन्दाजी ४४ वर्षीय अनिल कुमार शाहले मोटरसाइकलको सिट कभरमुनि प्लास्टिकमा प्याक गरेर लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नगद फेला परेको हो।

बरामद गरिएको नगदमा नेपाली १ हजार दरका ९०० थान नोट गरी जम्मा ९ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।

सशस्त्र प्रहरी नायब निरीक्षक मोहम्मद मुस्ताक अलीको कमाण्डमा खटिएको ७ जनाको टोलीले नगदसहित मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक  निरौलाले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...