Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

धोबिनी ३ का काङ्ग्रेस वडा सभापति तिवारीको निधन

spot_img
spot_img

वीरगंज । पर्साको धोबिनी गाउँपालिका वडा नं. ३ हरिहरपुरका नेपाली कांग्रेसका वडा सभापति बासुदेव तिवारीको निधन भएको छ ।

६२ वर्षीय तिवारीको बुधबार राति उपचारका क्रममा वीरगंजस्थित नेशनल मेडिकल कलेजमा असामयिक निधन भएको नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का कोषाध्यक्ष बिनय द्विवेदीले जानकारी दिएका छन् ।

तिवारीको निधनप्रति नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ क्षेत्रीय कार्यसमितिले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । क्षेत्रीय सभापति श्रीकान्त यादवले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा पार्टीप्रति समवेदना व्यक्त गरेका छन् ।

उनले तिवारीको निधनले नेपाली कांग्रेस र स्थानीय समाजमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...