Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

धोबिनी ३ का काङ्ग्रेस वडा सभापति तिवारीको निधन

spot_img
spot_img

वीरगंज । पर्साको धोबिनी गाउँपालिका वडा नं. ३ हरिहरपुरका नेपाली कांग्रेसका वडा सभापति बासुदेव तिवारीको निधन भएको छ ।

६२ वर्षीय तिवारीको बुधबार राति उपचारका क्रममा वीरगंजस्थित नेशनल मेडिकल कलेजमा असामयिक निधन भएको नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का कोषाध्यक्ष बिनय द्विवेदीले जानकारी दिएका छन् ।

तिवारीको निधनप्रति नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ क्षेत्रीय कार्यसमितिले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । क्षेत्रीय सभापति श्रीकान्त यादवले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा पार्टीप्रति समवेदना व्यक्त गरेका छन् ।

उनले तिवारीको निधनले नेपाली कांग्रेस र स्थानीय समाजमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...