Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

पूर्व प्रधानमन्त्री नेपालद्वारा प्रहरी हिरासतमा रहेका मनोज चौधरीसँग भेट

spot_img
spot_img

वीरगंज । पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह संयाेजक माधव कुमार नेपालले बुधबार वीरगंज पुगेर पर्सा प्रहरीको हिरासतमा रहेका नेकपाका नेता तथा पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार मनोज चौधरीसँग भेटघाट गर्नुभएको छ।

गत फागुन १९ गते उनी सवार गाडीमा शंकास्पद वस्तु फेला परेको आरोपमा पक्राउ परेका चौधरीसँग नेपालले जिल्ला प्रहरी कार्यालयमै पुगेर भेट गर्नुभएको हो । भेटका क्रममा उहाँले घटनाबारे विस्तृत जानकारी लिँदै चौधरीलाई धैर्य राख्न आग्रह गर्नुभयो। साथै, उहाँले चौधरीले चाँडै न्याय पाउने विश्वास समेत व्यक्त गर्नुभयो।

भेटका क्रममा नेपालले चौधरीको स्वास्थ्य अवस्थाबारे समेत चासो राख्नुभएको थियो । उहाँले हिरासतमा रहेका व्यक्तिको स्वास्थ्य अवस्था र मानवअधिकारको संरक्षणमा सम्बन्धित निकाय गम्भीर हुनुपर्नेमा जोड दिनुभयो।

नेपालले मनोज चौधरीलाई फसाउनका लागि षड्यन्त्र गरिएको हुनसक्ने आशंका व्यक्त गर्दै अदालतबाट न्याय हुनेमा विश्वास व्यक्त गर्नुभयो। नेपालसँगै नेकपाका पर्सा जिल्लाका नेताहरु पनि जिल्ला प्रहरी कार्यालय पुगेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...