Date
मङ्ल, असार १६, २०८३
Tue, June 30, 2026

पूर्व प्रधानमन्त्री नेपालद्वारा प्रहरी हिरासतमा रहेका मनोज चौधरीसँग भेट

spot_img
spot_img

वीरगंज । पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह संयाेजक माधव कुमार नेपालले बुधबार वीरगंज पुगेर पर्सा प्रहरीको हिरासतमा रहेका नेकपाका नेता तथा पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार मनोज चौधरीसँग भेटघाट गर्नुभएको छ।

गत फागुन १९ गते उनी सवार गाडीमा शंकास्पद वस्तु फेला परेको आरोपमा पक्राउ परेका चौधरीसँग नेपालले जिल्ला प्रहरी कार्यालयमै पुगेर भेट गर्नुभएको हो । भेटका क्रममा उहाँले घटनाबारे विस्तृत जानकारी लिँदै चौधरीलाई धैर्य राख्न आग्रह गर्नुभयो। साथै, उहाँले चौधरीले चाँडै न्याय पाउने विश्वास समेत व्यक्त गर्नुभयो।

भेटका क्रममा नेपालले चौधरीको स्वास्थ्य अवस्थाबारे समेत चासो राख्नुभएको थियो । उहाँले हिरासतमा रहेका व्यक्तिको स्वास्थ्य अवस्था र मानवअधिकारको संरक्षणमा सम्बन्धित निकाय गम्भीर हुनुपर्नेमा जोड दिनुभयो।

नेपालले मनोज चौधरीलाई फसाउनका लागि षड्यन्त्र गरिएको हुनसक्ने आशंका व्यक्त गर्दै अदालतबाट न्याय हुनेमा विश्वास व्यक्त गर्नुभयो। नेपालसँगै नेकपाका पर्सा जिल्लाका नेताहरु पनि जिल्ला प्रहरी कार्यालय पुगेका थिए।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोड ७ लाखकाे बजेट सार्वजनिक

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार रुपैयाँ बराबरको अनुमानित वार्षिक बजेटसहित नीति तथा...

पर्साका प्रहरी प्रवक्ता डीएसपी बस्नेतको मानव बेचबिखन ब्युरोमा काज सरुवा

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतको काज सरुवा भएको छ । उनी जिल्ला...

जगरनाथपुरमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न, अध्यक्ष यादव आफैँ खेतमा उत्रिए

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले सोमबार २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ विविध कार्यक्रमका साथ मनाएको छ । गाउँपालिकाको वडा नं. ४ हरपुरस्थित...