Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

पोखरिया नगरपालिकामा विवाद: जनप्रतिनिधि र कर्मचारीको मागसँगै अख्तियारको छापा

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया नगरपालिकामा आय–व्यय र कर्मचारी तलबकाे विषयमा विवाद बढेको छ । मंगलबार नगरपालिकाका जनप्रतिनिधिहरूले प्रमुख प्रशासकीय अधिकृत कौशल कुमार झालाई ज्ञापनपत्र बुझाउँदै ०८०/०८१ देखि हालसम्मको इन्धन खर्च, पोषण शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको खर्च विवरण सार्वजनिक गर्न माग गरेका छन्।

जनप्रतिनिधिहरूले कर्मचारीहरूको बाँकी रहेकाे ११ महिनाको तलब र आफ्ना सेवा–सुविधा पठाउनुपर्ने समेत जोड दिएका छन्। केही वडाध्यक्ष सहितका जनप्रतिनिधिहरुले तीन दिनभित्र हिसाब–किताब नबताए पालिकामा तालाबन्दी गर्ने चेतावनी पनि दिएका छन् । ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत झाले सम्बन्धित शाखाबाट आवश्यक कागजात उपलब्ध गराउने प्रतिबद्धता जनाए।

ज्ञापन पत्र बुझाउने टाेलीमा वडाध्यक्ष लक्ष्मण शाह कानु, परमानन्द पटेल, नौसाद आलम, वडा सदस्य लगायतकाे जनप्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।

त्यसैगरी, नगरपालिकाका कर्मचारीहरूले पनि स्थायी कर्मचारीको पाँच महिना र अस्थायी कर्मचारीको ११ महिनादेखिको तलब तुरुन्त उपलब्ध गराउन माग गरेका छन् । तलब नपठाइएमा प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखा प्रमुखलाई घेराउ गर्ने चेतावनी कर्मचारीहरूले दिएका छन्।

यसैबिच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार पोखरिया नगरपालिका कार्यालयमा छापामारी गरेकाे समाचार समेत प्राप्त भएकाे छ । अख्तियारकाे टाेलीले छापा हानी केही योजना सम्बन्धी कागजात नियन्त्रणमा लिएर आवश्यक जानकारी संकलन गरेको वताइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...