Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

कांग्रेसको १५औँ महाधिवेशन भदौ २४–२६ गते हुने

spot_img
spot_img

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन आगामी वर्ष भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेश गर्नुभएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति थापाले महाधिवेशन तयारीको विस्तृत कार्यतालिका प्रस्तुत गर्नुभएको हो। प्रस्तावित कार्यतालिकाअनुसार, क्रियाशील सदस्यता वितरण चैत २१ गतेदेखि चैत मसान्तसम्म विशेष अभियान मार्फत अद्यावधिक गरिने छ। २०८३ वैशाख १ देखि वैशाख मसान्तसम्म सबै ६ हजार ७४३ वटै वडामा क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने योजना रहेको छ।

जेठ मसान्तसम्म सदस्यता विवरण केन्द्रमा पठाइने र असार १५ गतेसम्म आवश्यक छानबिन गरेर टुङ्ग्याइने कार्ययोजना तय गरिएको छ। असार मसान्तसम्म अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने, साउन ६ गते गाउँ/नगर अधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरिएको छ।

अन्य कार्यक्रम अनुसार, साउन १२ गते गाउँ/नगर अधिवेशन, साउन २३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, साउन ३० गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, भदौ ६–७ गते जिल्ला अधिवेशन, भदौ १५–१६ गते प्रदेश अधिवेशन र भदौ २४–२६ गते केन्द्रीय महाधिवेशन हुने प्रस्ताव छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...