Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

“पूर्व मुख्यमन्त्री गद्दीकाे पैत्रिक गाउँमा पनि जसपालाई अत्यन्त न्यून ‘छाता’लाई १३ मत मात्र”

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव तथा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीको पैत्रिक गाउँमै पार्टीको चुनाव चिह्न ‘छाता’ले अत्यन्त न्यून मत प्राप्त गरेको तथ्य सार्वजनिक भएको छ।

गद्दीको आफ्नै पालिका पर्साको जगरनाथपुर गाउँपालिका–४, जगरनाथपुरस्थित मतदान केन्द्रमा छाताको पक्षमा जम्मा १३ मत मात्र खसेको छ। आफ्नै गाउँमा समेत अत्यन्त न्यून मत प्राप्त भएपछि पर्सा जिल्लामा गद्दीको जनाधार कमजोर बन्दै गएको चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ।

त्यस्तै, गद्दी बसोबास गर्दै आएको वीरगंज महानगरपालिका–१३ मा पनि छाताले जम्मा ३९ मत मात्र प्राप्त गरेको छ। कमजोर मत परिणामका कारण पर्साका विभिन्न क्षेत्रमा जसपा नेपालका उम्मेदवारहरूको जमानत जफत भएको बताइएको छ।

पर्सा जिल्ला यसअघि मधेशी मोर्चा तथा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको बलियो आधार क्षेत्र मानिन्थ्यो। तर पछिल्लो समय पार्टीभित्रको आन्तरिक विवाद, नेतृत्वप्रति बढ्दो असन्तुष्टि तथा प्रभावशाली नेताहरू अन्य दलमा प्रवेश गरेपछि जिल्लामा जसपा कमजोर बन्दै गएको विश्लेषण गरिएको छ।

२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको देशव्यापी मत परिणाम सार्वजनिक भइसकेको छ। उक्त निर्वाचनमा पर्साका चारै निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवारहरूको जमानत जफत भएको बताइएको छ।

यस नतिजापछि पार्टीभित्रैका केही युवा नेताहरूले जिल्लामा देखिएको कमजोर अवस्थाको मुख्य जिम्मेवारी गद्दी र पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि पर्ने आरोप लगाएका छन्। उनीहरूका अनुसार जनाधार भएका नेताहरूलाई पार्टीभित्र टिक्न नदिने वातावरण बनाइएको तथा केन्द्रीय नेतृत्वलाई वास्तविक अवस्थाबारे गलत जानकारी दिइएको दाबी गरिएको छ।

निर्वाचनमा अधिकांश क्षेत्रमा उम्मेदवारहरूको जमानत जफत भएपछि पार्टीभित्र नेतृत्वको नैतिक जिम्मेवारी र राजीनामाको माग समेत उठ्न थालेको स्रोतले जनाएको छ।

यस पटकको निर्वाचनमा देखिएको नयाँ राजनीतिक समीकरण तथा विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभावका कारण पर्सामा ‘छाता’को प्रभाव घटेको विश्लेषण गरिए पनि पार्टीभित्रकै केही नेताहरूले भने गद्दी र अध्यक्ष उपेन्द्र यादवको नेतृत्वकै कारण जिल्लामा जसपा कमजोर बन्दै गएको टिप्पणी गरेका छन्।

पार्टीका एक नेताका अनुसार पर्सामा जनता समाजवादी पार्टी नेपालको संगठनात्मक पुनर्गठन तत्काल आवश्यक भएको बताएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...