Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

गादीमाई साझेदारी समूहका अध्यक्षको राजीनामा माग्दै वन कार्यालय घेराउ, कार्यालयमा तालाबन्दी

spot_img
spot_img

सेढवा । गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दीको राजीनामा माग गर्दै स्थानीय बासिन्दाले बसन्तपुर सब–डिभिजन वन कार्यालय घेराउ गरेका छन्।

आइतबार दिउँसो करिब २ बजे जिराभवानी गाउँपालिका अन्तर्गत सेढवा, बसन्तपुर, काठमाडौंटोल, भवानीपुर, महादेवपट्टी, हरैया, सुपौली लगायतका गाउँका नागरिकहरूले वन कार्यालय घेराउ गर्नुका साथै गादीमाई साझेदारी वन उपभोक्ता समूहको कार्यालयमा तालाबन्दी गरेका हुन्।

स्थानीय बासिन्दाले दाउरा, घाँस तथा घर लिपपोतका लागि माटो लिन जाँदा वा पशुचौपायालाई लिएर गोठालो जाँदा समूहका अध्यक्ष गद्दी तथा कार्यालय सहयोगी सोयालाल साह रौनियार र समिन गद्दीले अभद्र व्यवहार गर्ने, अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गर्ने गरेको गुनासो गरेका छन्।

जिराभवानी गाउँपालिकाका कार्यपालिका सदस्य सरोज चौरसियाको नेतृत्वमा गरिएको आन्दोलनका क्रममा आन्दोलनकारीहरू कार्यालय पुगेका बेला समूहका पदाधिकारीहरू भने फरार भएका थिए।

स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय पटेर्वासुगौली, प्रहरी चौकी हरैया तथा शस्त्र प्रहरी बेस क्याम्प सुवर्णपुरबाट सुरक्षाकर्मी घटनास्थलमा खटिएका थिए।

कार्यपालिका सदस्य चौरसियाका अनुसार डिभिजन वन कार्यालय पर्साका प्रमुख डिभिजनल वन अधिकृत मन्जुर अहमद र समूहका अध्यक्ष गद्दीको मिलेमतोमा लामो समयदेखि राष्ट्रिय वनबाट अवैध काठ तस्करी हुँदै आएको आरोप स्थानीयले लगाएका छन्।

यसैबीच फागुन १४ गते बिहीबार राति करिब ७ बजे तस्करीको काठसहित एउटा ट्र्याक्टर नियन्त्रणमा लिइएको थियो। प्र २–०३–००१ त ३८०० नम्बरको उक्त ट्र्याक्टर जिराभवानी गाउँपालिका–३ सहजानपुरबाट लोपन्मुख जातका सतिसाल र सिसौको काठसहित नियन्त्रणमा लिएर प्रहरी चौकी हरैयामा बुझाइएको थियो।

बसन्तपुर सब–डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत मोवारक अलीले जंगलमा छपान गरिएको काठ नै समितिका अध्यक्ष र अन्य पदाधिकारीहरूले अवैध रूपमा कटानी गरी बिक्री गरेको दाबी गरे। अध्यक्ष गद्दीलाई कारबाही गर्न डिभिजन वन कार्यालय पर्सामा पटक–पटक पत्र पठाए पनि हालसम्म कुनै सुनुवाइ नभएको उनले बताए।

यता डिभिजन वन कार्यालय पर्साका प्रमुख डिभिजनल वन अधिकृत मन्जुर अहमदले भने वनसम्बन्धी उक्त घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी र नुवाकोटको त्रिशूली क्षेत्रमा गत बुधबार गएको बाढीले ठूलो जनधनको पुर्‍याएकाले...

एमाले मधेश प्रदेश कमिटीमा पर्साका ८ जना मनोनित

वीरगंज । नेकपा एमाले मधेश प्रदेश सचिवालय बैठकले पर्साका आठ जनालाई प्रदेश कमिटी सदस्यमा मनोनित गरेको छ । आइतबार बर्दिबासमा बसेको बैठकले पार्टीको संगठनात्मक...

वीरगंजमा १०० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले १०० ग्राम ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय...