Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

आफ्ना उम्मेदवारलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने नेकपाको चेतावनी

spot_img
spot_img

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पर्सागढी नगरपालिका–३ बडनिहारबाट आफ्ना उम्मेदवार मनोज कुमार चौधरीलाई शंकास्पद वस्तु प्रकरणमा पक्राउ गरिएको घटनालाई निर्वाचन भाँड्ने सुनियोजित षड्यन्त्र भएको आरोप लगाएको छ।

फागुन १९ गते राति करिब १०ः१० बजे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले चेकजाँचका क्रममा हरपुरबाट बडनिहारतर्फ जाँदै गरेको च १२५० नम्बरको गाडीको डिक्कीबाट पहेंलो टेपले बेरिएको टिनको बक्स फेला पारेको थियो। उक्त बक्सभित्र शंकास्पद वस्तु भेटिएको भन्दै वीरगञ्ज महानगरपालिका–१७ निवासी ४६ वर्षीय नेकपाका उम्मेदवार मनोज कुमार चौधरीसहित बारा निवासी २६ वर्षीय सहाब आलम अन्सारी, धनुषा निवासी ३० वर्षीय सुरज कार्की र पर्सागढीका ६८ वर्षीय सत्यनारायण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

पर्सा प्रहरीका अनुसार फेला परेको वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको र उक्त पदार्थ विष्फोटक प्रकृतिको रहेको पुष्टि भएको जनाएको छ । शंकास्पद बक्ससँगै ब्याट्रीहरू समेत फेला परेको प्रहरीले दाबी गरेको छ। साथै, विष्फोटक पदार्थ र सार्वजनिक शान्ति विरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तर, नेकपाले भने घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा नजिकै आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेताहरूले मनोज चौधरीलाई चुनावी प्रतिस्पर्धाबाट कमजोर पार्ने नियतले फसाइएको आरोप लगाएको छ । पार्टीका केन्द्रीय सदस्य नागेन्द्र चौधरीले प्रहरीको विज्ञप्तिमा उल्लेखित विवरणहरू बाझिएको दाबी गर्दै “निर्वाचनको माहोल बिथोल्न र जित सुनिश्चित देखिएका उम्मेदवारलाई बदनाम गर्न सुनियोजित ढंगले षड्यन्त्र रचिएको” आरोप लगाए।

नेकपाले आफ्नो उम्मेदवारमाथि लगाइएको आरोप निराधार भएको दाबी गर्दै तत्काल रिहा नगरे कडा आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ । पार्टीले निष्पक्ष र भयमुक्त निर्वाचन सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

24 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...