Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्सा–४ मा कांग्रेसलाई बलियो आधार, जसपा नेपालका दुई स्थानीय नेता कांग्रेसमा प्रवेश

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर–४ अन्तर्गत छिपहरमाई गाउँपालिका वडा नम्बर–२ का तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तथा हाल जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) मा आबद्ध दुई जना स्थानीय नेता नेपाली कांग्रेस मा प्रवेश गरेका छन्।

कांग्रेस उम्मेदवार रमेश रिजाल लाई समर्थन जनाउँदै इजहार मियाँ तेली र बिहारी महतो केवट सोमबार आयोजित कार्यक्रममा कांग्रेसमा प्रवेश गरेका हुन्। इजहार मियाँ तेली गत स्थानीय तह निर्वाचनमा लोसपाबाट वडाध्यक्षका प्रत्याशी समेत रहेका थिए।

टिहुकीमा सम्पन्न कार्यक्रममा उम्मेदवार रिजालले दुवै जनालाई अबीर टीका लगाएर पार्टीमा स्वागत गरेका थिए। सो अवसरमा उनले उनीहरूको प्रवेशले आफू थप उत्साहित बनेको उल्लेख गर्दै भने, “उहाँहरूको यो निर्णय केवल पार्टी परिवर्तन मात्र होइन, लोकतन्त्र, समावेशिता र विकासप्रतिको प्रतिबद्धताको अभिव्यक्ति हो।”

रिजालले नेपाली कांग्रेस सधैं विचार, सिद्धान्त र जनताको अधिकारको पक्षमा उभिँदै आएको दाबी गर्दै आगामी निर्वाचनमा व्यापक जनसमर्थन प्राप्त हुने विश्वास व्यक्त गरे।

स्थानीय तहमा प्रभाव राख्ने नेताहरूको कांग्रेस प्रवेशसँगै पर्सा–४ मा चुनावी समीकरण थप रोचक बन्दै गएको विश्लेषण गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

15 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...