Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

पर्सा–२ मा रिमा यादवको घरदैलो, महिलाको शिक्षा र रोजगारी प्राथमिक एजेन्डा

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा कुमारी यादव ले सोमबार वीरगंज महानगरपालिका वडा नम्बर ६ र १० मा घरदैलो कार्यक्रम सम्पन्न गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरेकी छन्।

घरदैलोका क्रममा उनले महिलाको हक–अधिकार, सम्मान र समान सहभागिताका लागि आफू सदैव संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन्। स्थानीय टोल–टोल पुगेर मतदातासँग छलफल गर्दै यादवले महिलालाई नेतृत्वदायी भूमिकामा पुर्‍याउन नीति निर्माण तहमा पहुँच आवश्यक रहेको बताइन्।

उनले भनिन्, “महिलाको शिक्षा, रोजगारी र सुरक्षा सुनिश्चित गर्न संसदमा बलियो आवाज चाहिन्छ। त्यसका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गरेर विजय गराउन सबैसँग आग्रह गर्दछु।”

कार्यक्रमका क्रममा उनले स्थानीय बासिन्दाले राखेका समस्या र गुनासाहरू ध्यानपूर्वक सुनेकी थिइन्। मतदाताले खानेपानीको सहज आपूर्ति, सडक मर्मत तथा स्तरोन्नति, युवाका लागि रोजगारी सिर्जना, गुणस्तरीय स्वास्थ्य सेवा तथा महिला आत्मनिर्भरता कार्यक्रमलाई प्राथमिकतामा राख्न माग गरेका थिए।

यादवले ती मागहरूलाई निर्वाचनपछि योजनाबद्ध रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै विकास र सामाजिक न्यायलाई सँगै अघि बढाउने बताइन्।

घरदैलो कार्यक्रममा एमालेका स्थानीय नेता–कार्यकर्ता सहित केन्द्रीय सदस्य विजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, युवा नेता नवराज शर्मा, मुकेश द्विवेदी, अंगद गुप्ता, अजय गुप्ता, पिन्टु उपाध्याय, अजय साह लगायतको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

31 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिल्ला प्रहरी कार्यालय पर्सामा महिला स्वास्थ्य शिविर

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा प्रभु हस्पिटल वीरगञ्जले बुधबार महिला स्वास्थ्यसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरी...

पोखरियाका २३० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण

पोखरिया । पर्साको दोस्रो सदरमुकामका रूपमा परिचित पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको...

जिराभवानीमा समावेशी शिक्षाबारे वक्तृत्वकला प्रतियोगिता

वीरगंज । समावेशी शिक्षाको महत्व र आवश्यकताबारे विद्यार्थी, अभिभावक तथा समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पर्साको जिराभवानी गाउँपालिका–३ परसवामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ...