Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

पर्सा–१ मा प्रदीप यादव ‘निर्विकल्प’ ? मतदाताको बहस विकास र परिणामतर्फ केन्द्रित

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै यतिबेला मतदाताबीच उम्मेदवारबारे तीव्र बहस चलिरहेको छ। यसै सन्दर्भमा प्रदीप यादव लाई धेरै मतदाताले “निर्विकल्प” उम्मेदवारका रूपमा अघि सारेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवार बनेका यादवले विभिन्न वडाहरु तथा टोल–टोलमा निरन्तर घरदैलो, मतदाता भेटघाट तथा छलफल कार्यक्रमलाई तीव्रता दिएका छन्। घरदैलोका क्रममा स्थानीयवासीले पूर्व मन्त्री समेत रहेका यादवले विगतमा उठाएका विकासका मुद्दा, सडक पूर्वाधार विस्तार, खानेपानी व्यवस्थापन, शिक्षा तथा स्वास्थ्य क्षेत्रका पहललाई स्मरण गर्दै यसपटक स्पष्ट जनमत दिनुपर्ने धारणा व्यक्त गरेका छन्।

वीरगञ्जका एक मतदाताले भने, “हामीले धेरै अनुहार देख्यौं, तर काम गर्ने मान्छे चाहियो। पर्सा–१ लाई अगाडि बढाउन अब प्रदीप यादव नै सही विकल्प हुन्।”

पछिल्लो समय अन्य दलका उम्मेदवारहरूको सक्रियता बढेपनि मतदाताको ठूलो हिस्सा स्थिर नेतृत्व र निरन्तर पहल आवश्यक रहेको बताउँछन्। विशेषगरी युवावर्गले रोजगारी सिर्जना, उद्योग प्रवर्द्धन तथा सीमावर्ती क्षेत्रका समस्याको दीर्घकालीन समाधानलाई मुख्य एजेन्डा बनाउनुपर्ने माग अघि सारेका छन्। उनीहरूका अनुसार यादवले यी विषयमा स्पष्ट योजना सार्वजनिक गरेका छन्।

दुई पटक सांसद भइसकेका यादव पुनः उम्मेदवार बनेसँगै पर्सा–१ मा यसपटक प्रतिस्पर्धा कडा हुने संकेत देखिएको छ। तर मतदाताको मनोविज्ञान भने विकास र कामको मूल्याङ्कनतर्फ केन्द्रित हुँदै गएको स्थानीय विश्लेषकहरूको भनाइ छ। यसले यादवको व्यक्तिगत छवि र विगतको कार्यशैलीलाई निर्णायक तत्वका रूपमा स्थापित गर्न सक्ने देखिन्छ।

निर्वाचन मिति नजिकिँदै जाँदा घरदैलो, आमसभा तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार तीव्र बन्दै गएको छ। तर पर्सा–१ का धेरै मतदाताको साझा भनाइ एउटै छ— “अब आश्वासन होइन, परिणाम चाहियो।” उनीहरूका अनुसार परिणाम दिन सक्ने उम्मेदवारका रूपमा प्रदीप यादव अगाडि देखिएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

26 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

अबुजा/एपी । ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा...

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको...

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति टाँडीबाट भरतपुरतर्फ...