Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

पर्सा–१ मा एमाले प्रवेशको लहर, प्रदीप यादव उत्साहित

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. १ मा विभिन्न राजनीतिक दल परित्याग गर्दै नेता–कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) मा प्रवेश गर्ने क्रम तीव्र बनेको छ। पछिल्लो समय श्रम संस्कृति पार्टीका वीरगञ्ज महानगरपालिका नगर अध्यक्ष शोयब अख्तर सो पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्।

त्यसैगरी, वीरगञ्ज महानगरपालिका वडा नं. १८ सौराहाका युवा नेता राकेश यादवको नेतृत्वमा दर्जनौं युवाहरूले नेपाली कांग्रेस परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) मा प्रवेश गरेका छन्। यस्तै, वडा नं. २० हरपतगञ्जका शंकर सिंहको नेतृत्वमा समेत दर्जनौं नेता–कार्यकर्ताहरू कांग्रेस त्याग्दै सोही पार्टीमा आबद्ध भएका छन्।

नवप्रवेशीहरूलाई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले पार्टीमा स्वागत गरेका थिए। स्वागत मन्तव्यका क्रममा उनले देशको समृद्धि, स्थिरता र विकासको यात्रामा पार्टी अझ जनमुखी र सशक्त बन्दै जाने विश्वास व्यक्त गरे। उनले विभिन्न पृष्ठभूमिबाट आएका नेता–कार्यकर्ताहरूको साथले संगठन थप मजबुत हुने उल्लेख गरे।

वीरगञ्जका विभिन्न वडामा देखिएको पार्टी प्रवेशको यो क्रमले स्थानीय राजनीतिक गतिविधिलाई थप सक्रिय बनाएको छ। पार्टी नेताहरूले पछिल्लो समय जनाधार उल्लेखनीय रूपमा विस्तार हुँदै गएको दाबी गरेका छन्। उम्मेदवार यादवले पार्टीप्रतिको जनलहर देखेर आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन्।

चुनाव नजिकिँदै जाँदा वीरगञ्जमा दलहरूबीचको प्रतिस्पर्धा अझ तीव्र बन्दै गएको छ। लगातार भइरहेको पार्टी प्रवेश र संगठन विस्तारले पर्सा निर्वाचन क्षेत्र नं. १ को राजनीतिक समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने आँकलन गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

अबुजा/एपी । ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा...

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको...

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति टाँडीबाट भरतपुरतर्फ...