Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्सा–४ मा वडाध्यक्ष र जसपाका नगर अध्यक्षसहित ६५० जना कांग्रेसमा प्रवेश

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. ४ मा ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू पार्टी परिवर्तन गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित एक वडाध्यक्षसहित सयौं नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुर बिर्ताका वडाध्यक्ष सन्जय कुमार पटेलको नेतृत्वमा ४५१ जना तथा जसपा नेपाल पोखरिया नगरपालिकाका नगर अध्यक्ष एवं मेयर प्रत्याशी राजु साह र वडा नं. ३ बसन्तपुरका वडा अध्यक्ष प्रत्याशी रबिभूषण तिवारीको नेतृत्वमा थप २०० जना नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कांग्रेस पर्सा ४ का क्षेत्रीय सचिव बलिष्टर अहमदले जानकारी दिए।

यसैगरी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी लगायत अन्य विभिन्न दल परित्याग गरी दर्जनौं स्थानीय नेता तथा कार्यकर्ता पनि कांग्रेसमा समाहित भएको सचिव अहमदले बताए ।

नवप्रवेशीहरूलाई पूर्व मन्त्री एवं पर्सा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजाल, पूर्व मन्त्री, प्रदेश सभा सदस्य एवं कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री तथा जगरनाथपुर गाउँपालिका अध्यक्ष एवं क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादव लगायत नेताहरूले पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा कांग्रेस मधेश प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, पर्साका सह–सचिव नवीन सिंह, जिल्ला कोषाध्यक्ष प्रेम बहादुर थापा, नेता बशिष्ठ नारायण कुर्मी, किशोरी साह कानु, किशोर जैसवाल, अजय पटेल लगायतको उपस्थिति रहेको थियो।

कांग्रेस प्रबेश गर्नेहरुले पर्सा ४ का उम्मेदवार रमेश रिजालाई जिताउनु सक्रिय भुमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...