Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

अन्य जिल्लाभन्दा अघि मदिरा बिक्री बन्द गरिनु विभेदपूर्ण : पर्सा मदिरा व्यवसायी संघ

spot_img
spot_img

वीरगंज । पर्सा मदिरा व्यवसायी संघले मदिरा बिक्री वितरणमा लगाइएको प्रतिबन्धप्रति आपत्ति जनाउँदै आज पर्साका प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ। संघका अध्यक्ष चिनिलाल पटेल र महासचिव प्रदिप कुमार लोहारद्वारा हस्ताक्षरित उक्त पत्र पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेललाई बुझाइएको हो।

संघले बुझाएको ध्यानाकर्षण पत्रमा जिल्ला प्रशासन कार्यालय पर्साले मदिरा बिक्री वितरण बन्द गर्ने निर्णय अन्य जिल्लाभन्दा करिब ७ दिन अगाडि लागू गरेको विषयप्रति पर्सा जिल्लाका सम्पूर्ण मदिरा व्यवसायीहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

हाल प्राप्त जानकारीअनुसार अन्य धेरै जिल्लाहरूमा मदिरा बिक्री वितरण फागुन १८ गतेदेखि बन्द गर्ने निर्णय गरिएको भए पनि पर्सा जिल्लामा मात्र फरक मिति तोकिनु व्यवसायीहरूका लागि अत्यन्त अन्यायपूर्ण, विभेदपूर्ण र अन्योलपूर्ण देखिएको संघको भनाइ छ। एउटै देशभित्र एउटै प्रकृतिको व्यवसायमा फरक–फरक नियम लागू गरिनु उचित नहुने संघले जनाएको छ।

पत्रमा मदिरा व्यवसाय केवल व्यापार मात्र नभई हजारौं परिवारको जीविकोपार्जनको आधार भएको उल्लेख गर्दै यस क्षेत्रमा संलग्न व्यवसायीहरूले नियमित रूपमा राज्यलाई कर तिर्दै आएको र राज्य सञ्चालनमा योगदान पुर्‍याउँदै आएको स्मरण गराइएको छ। तर स्पष्ट कारण र समान मापदण्डबिना यस्ता निर्णय लागू गर्दा व्यवसायीहरू आर्थिक रूपमा ठूलो मारमा पर्ने अवस्था सिर्जना भएको संघले जनाएको छ।

विशेषगरी बैंकबाट ऋण लिएका, गोदाम तथा पसलमा ठूलो परिमाणमा मौज्दात रहेको, भाडा, कर्मचारी तलब, ब्याज तथा अन्य खर्च निरन्तर तिर्नुपर्ने अवस्थाबीच अचानक अन्य जिल्लाभन्दा धेरै दिन अगाडि बिक्री बन्द गरिनु व्यवसायीहरूका लागि गम्भीर आर्थिक संकट निम्त्याउने विषय भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ।

संघले पर्सा जिल्लामा मात्र फरक मिति तोकिएको निर्णयको कानुनी आधार, कारण र प्रक्रिया के हो भन्नेबारे तत्काल स्पष्ट जानकारी गराउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। साथै देशभर समान रूपमा लागू हुने एकरूप मिति र मापदण्ड कायम गर्न पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

अन्यथा यस निर्णयबाट उत्पन्न हुने आर्थिक क्षति, समस्या तथा असहज परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने अवस्था आउनेतर्फ पनि संघले सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...