Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

पर्सा–१ मा प्रदीप यादवको घरदैलो तीव्र, “काम गरेर प्रमाणित नेतृत्वलाई नै मत दिनुहोस्”

spot_img
spot_img

वीरगंज। प्रदीप यादव ले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवारको रूपमा शुक्रबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ अन्तर्गत लक्ष्मणवा र भेडीयाही टोलमा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमका क्रममा सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै यादवले आफ्ना चुनावी एजेन्डा स्थानीयवासीसमक्ष प्रस्तुत गरेका थिए। उनले पर्साको समग्र विकास, समृद्धि र जनताको जीवनस्तर उकास्ने स्पष्ट भिजन तथा कार्यान्वयन क्षमता आफूसँग रहेको दाबी गरे।

“काम गरेर प्रमाणित भइसकेको नेतृत्वलाई मत दिनुहोस्, बहरूपियाहरूको पहिचान गर्नुहोस् र सूर्य चिन्हमा मतदान गर्नुहोस्,” यादवले घरदैलोका क्रममा भने।

पूर्व मन्त्रीसमेत रहेका यादवले आफ्ना प्रतिद्वन्द्वीहरूलाई अराजनीतिक व्यक्तित्व भएको आरोप लगाउँदै चुनावका बेला मात्र जनतामाझ आएर ठूला आश्वासन बाँड्ने प्रवृत्तिबाट सचेत रहन मतदातालाई आग्रह गरे।

उनले पर्सा–१ का हरेक समस्या आफूले नजिकबाट बुझेको उल्लेख गर्दै विगतमा दुई पटक सांसद निर्वाचित हुँदा अधिकांश समस्याहरू समाधान गरेको दाबी गरे। “आगामी निर्वाचनमा विजयी भए बाँकी रहेका समस्याहरू पनि समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्छु,” उनले भने।

यादवले आफ्नो कार्यकालमा जिल्लाका विभिन्न स्थानमा सडक निर्माण, विद्यालय तथा अस्पताल भवन निर्माण, मन्दिर, मस्जिद र धर्मशाला निर्माणसँगै मसान घाट निर्माण गरेको उल्लेख गरे। खानेपानी समस्यामा विशेष ध्यान दिएको बताउँदै उनले अकाल परेका बेला एक साताभित्र विभिन्न स्थानमा बोरिङ जडान गरी तत्काल समस्या समाधान गरेको तथा दीर्घकालीन समाधानका लागि अर्बौँ रुपैयाँका परियोजना ल्याएको दाबी गरे।

संसद्मा जिल्लावासीको आवाज बुलन्द गर्दै पटक–पटक पर्साका समस्या उठाएको पनि उनले बताए।

कार्यक्रममा स्थानीयवासीले यादवलाई फूलमालासहित स्वागत गरेका थिए। जनताले आफ्ना विभिन्न समस्या तथा मागहरू राखेका थिए भने यादवले ती समस्याहरू सम्बोधन गर्ने आश्वासन दिएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

चोरीको मोटरसाइकलसहित रौतहटका २५ वर्षीय युवक भारतमा पक्राउ

वीरगंज । चोरी भएको मोटरसाइकल लिएर भारत पुगेका रौतहटका एक युवकलाई भारतीय प्रहरीले बिहारको मोतीहारी जिल्लाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका–बलुवा गाउँका...

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

अबुजा/एपी । ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा...

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको...