Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

जिराभवानीमा अवैध काठसहित ट्याक्टर नियन्त्रणमा, स्थानीयद्वारा प्रहरीलाई बुझाइयो

spot_img
spot_img

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका वडा नं. ५ हरैयाका स्थानीय नागरिकहरूले राष्ट्रिय वनबाट अवैध रूपमा कटानी गरी तस्करी हुँदै गरेको ठूलो परिमाणको काठ नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।

बिहीबार राति करिब ७:०० बजे तस्करीको काठसहित प्र–२–०३–००१ त ३८०० नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो। उक्त ट्याक्टर वडा नं. ३ सहजानपुर क्षेत्रबाट नियन्त्रणमा लिइएको बताइएको छ। ट्याक्टरमा लोपोन्मुख प्रजातिका सतिसाल र सिसौ जातका काठ लोड गरिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन्।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएको काठ र ट्याक्टर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पठाइएको छ।

स्थानीयवासीहरूले गादीमाई साझेदारी वन समूहका अध्यक्ष सहरुम राउत गद्दीको संलग्नतामा लामो समयदेखि राष्ट्रिय वनबाट अवैध काठ तस्करी हुँदै आएको आरोप लगाएका छन्। बिहीबार राति नियन्त्रणमा लिइएको काठ र ट्याक्टर छुटाउन समूहका अध्यक्ष प्रहरी चौकी हरैया पुगेको दाबी पनि स्थानीयले गरेका छन्।

स्थानीयका अनुसार सर्वसाधारणलाई जंगलबाट दाउरा ल्याउनसमेत कडाइ गरिँदै आएको अवस्थामा वन समूहकै नेतृत्व तहबाट तस्करीलाई संरक्षण मिलेको आशंका गरिएको छ।

यस विषयमा डिभिजन वन कार्यालय पर्सा का प्रमुख डिभिजनल वन अधिकृत मन्जुर अहमदले प्रहरीले काठ र ट्याक्टर वन कार्यालयमा बुझाएपछि कानुन बमोजिम आवश्यक कारबाही अघि बढाइने जानकारी दिएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...