Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जिराभवानीमा अवैध काठसहित ट्याक्टर नियन्त्रणमा, स्थानीयद्वारा प्रहरीलाई बुझाइयो

spot_img
spot_img

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका वडा नं. ५ हरैयाका स्थानीय नागरिकहरूले राष्ट्रिय वनबाट अवैध रूपमा कटानी गरी तस्करी हुँदै गरेको ठूलो परिमाणको काठ नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।

बिहीबार राति करिब ७:०० बजे तस्करीको काठसहित प्र–२–०३–००१ त ३८०० नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो। उक्त ट्याक्टर वडा नं. ३ सहजानपुर क्षेत्रबाट नियन्त्रणमा लिइएको बताइएको छ। ट्याक्टरमा लोपोन्मुख प्रजातिका सतिसाल र सिसौ जातका काठ लोड गरिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन्।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएको काठ र ट्याक्टर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पठाइएको छ।

स्थानीयवासीहरूले गादीमाई साझेदारी वन समूहका अध्यक्ष सहरुम राउत गद्दीको संलग्नतामा लामो समयदेखि राष्ट्रिय वनबाट अवैध काठ तस्करी हुँदै आएको आरोप लगाएका छन्। बिहीबार राति नियन्त्रणमा लिइएको काठ र ट्याक्टर छुटाउन समूहका अध्यक्ष प्रहरी चौकी हरैया पुगेको दाबी पनि स्थानीयले गरेका छन्।

स्थानीयका अनुसार सर्वसाधारणलाई जंगलबाट दाउरा ल्याउनसमेत कडाइ गरिँदै आएको अवस्थामा वन समूहकै नेतृत्व तहबाट तस्करीलाई संरक्षण मिलेको आशंका गरिएको छ।

यस विषयमा डिभिजन वन कार्यालय पर्सा का प्रमुख डिभिजनल वन अधिकृत मन्जुर अहमदले प्रहरीले काठ र ट्याक्टर वन कार्यालयमा बुझाएपछि कानुन बमोजिम आवश्यक कारबाही अघि बढाइने जानकारी दिएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...