Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जगरनाथपुरमा प्रदीप यादवको घरदैलो, समर्थकद्वारा भव्य स्वागत

spot_img
spot_img

वीरगंज। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादव लाई बुधबार बिहान वीरगंज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरमा समर्थक तथा मतदाताले भव्य स्वागत गरेका छन्।

घरदैलो कार्यक्रमका क्रममा स्थानीय समर्थकहरूले अबीर–टीका र गम्छा लगाएर उम्मेदवार यादवलाई स्वागत गर्दै उनीसँगै घरघरमा पुगेका थिए। सो अवसरमा समर्थकहरूले यादवको जितका लागि नारासमेत लगाएका थिए।

मतदातासँगको संवादमा पूर्वमन्त्री यादवले यसअघिका दुई संसदीय कार्यकालमा आफूले क्षेत्रमा गरेका कामहरूको मूल्यांकन गरेर मतदान गर्न आग्रह गरे। उनले भने, “१० वर्षअघि पर्सा–१ को अवस्था सम्झनुहोस्। सडक, विद्यालय, विवाह भवन, खेलमैदान, मसान घाट, मन्दिर र मस्जिदहरूको हालत कस्तो थियो? म निर्वाचित भएपछि भएका विकासहरू तपाईंहरूले आफैं देख्न सक्नुहुन्छ।”

यादवले आफूलाई क्षेत्रको हरेक टोल, समस्या र समाधानबारे जानकार उम्मेदवारका रूपमा प्रस्तुत गर्दै अन्य उम्मेदवारहरूप्रति कटाक्षसमेत गरे। “मलाई यस क्षेत्रको प्रत्येक टोलबारे जानकारी छ, तर अन्य उम्मेदवारहरूलाई यहाँका टोलहरूको नामसमेत थाह नहुन सक्छ,” उनले भने।

उम्मेदवार यादवले एमालेको राष्ट्रियता मजबुत पार्ने, आर्थिक समृद्धि ल्याउने तथा समाजवाद उन्मुख विकासको एजेन्डालाई आफ्नो व्यक्तिगत प्रतिबद्धताका रूपमा ग्रहण गरेको बताए। उनले गरिबी निवारण, रोजगारी सृजना र सांस्कृतिक संरक्षणका मुद्दामा आफू निरन्तर लागिरहने दाबी गरे।

पूर्वमन्त्रीसमेत रहेका यादवले चुनावी मौसममा मात्र जनतासँग आउने उम्मेदवारहरूलाई चिन्न आग्रह गर्दै भने, “पाँच वर्षमा एक पटक मत माग्न आउनेहरूले क्षेत्रको विकास गर्न सक्दैनन्। निर्वाचित भएपछि पनि जनताको घरदैलोमा नआउनेहरूलाई पहिचान गर्नुहोस्। म सधैं जनताको सुख–दुखमा साथी बनेर बस्छु।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...